१५ बैशाख २०८१, शनिबार

५९ औं राष्ट्रिय सहकारी दिवस : सहकारी शिक्षा तथा स्वास्थ्य सचेतना कार्यक्रम

१९ चैत्र २०७२, शुक्रबार
५९ औं राष्ट्रिय सहकारी दिवस : सहकारी शिक्षा तथा स्वास्थ्य सचेतना कार्यक्रम

काठमाडौं । “आर्थिक विकासका र सामाजिक रुपान्तरका लागि सहकारी” भन्ने नाराका साथ सहकारी शिक्षा एवं स्वास्थ्य सचेतना कार्यक्रम तथा विभिन्न प्रतियोगिताको आयोजना गरी ५९ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।

कन्र्सन नेपाल बचत तथा ऋण सहकारी संस्था लि. बागलुङमा सदस्यहरु र अभिभावकहरुलाई लक्षित गरी सहकारी शिक्षा एवं स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको हो । स्वस्थ्य रहे मात्र आय आर्जन गर्न सकिने र आम्दानी भएमात्र बचत गर्न सकिने छ र रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नु दिनु बाट बचाउन विभिन्न घरेलु उपचार बारे जानकारी गराइएको थियो ।

त्यस्तै बाल वचत गर्ने ४८ जना बाल बालिकाहरु बीच प्रावि स्तरीय रमाईलो बाल चित्रकला प्रतियोगिता र “आजको बचत भोलीको साहारा” भन्ने शिर्षकमा निम्न मावि र मावि स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष केवी शाहीले बाल वचतले बाल बालिकाहरुको फजुल खर्चमा कम हुने र सानै देखिको वचत गर्ने बानीले भविष्यमा उच्च शिक्षा हासिल गर्न मद्दत पुग्ने हु“दा, अभिभावकहरुले आफ्ना बाल बच्चाहरुको खातामा नियमित वचत गर्ने बानी बसाल्नमा जोड दिए ।

त्यस्तै बाल बालिकाहरुका अभिभावक र शेयर सदस्यहरुले यस प्रकारको प्रतियोगिताले बाल बालिकामा रहेको प्रतिभाको प्रष्फुटन हुने र सहकारीको महत्व बारे ज्ञान सानै देखि हुने जानकारी गराए । साथै चित्रकला र निवन्ध प्रतियोगितामा उत्कृष्ठ हुनेलाई पुरस्कृत गरिने जनाइएको छ । सहभागिको तर्फ देखि टिका थापाले मन्तव्य दिदै यस प्रकारको कार्यक्रम बेलाबेलामा गर्नु पर्ने र सहकारी र स्वास्थ्य सम्बन्धी सचेतना मार्फत धेरै कुरा सिक्न पाएकोमा खुशी व्यक्त गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष केवी शाहीको अध्यक्षता र कोषाध्यक्ष हरिकला थापाको स्वागत तथा संचालनमा सम्पन्न भएको थियो ।

अभिलेख

लोकप्रिय