१५ बैशाख २०८१, शनिबार

हातेमालोको नवौं वार्षिकोत्सव सप्ताह सम्पन्न

२० जेष्ठ २०७३, बिहीबार
हातेमालोको नवौं वार्षिकोत्सव सप्ताह सम्पन्न

hatemalo

बारा । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिकोत्सव सप्ताह विभिन्न रचनात्मक कार्यक्रमहरुसहित सम्पन्न भएको छ ।

समापन विशेष कार्यक्रममा यस वर्षको हातेमालो सहकारी पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी लक्ष्मी साहलाई प्रदान गरिएको छ । नगद दश हजार, प्रशंशापत्र र दोसल्ला अभिनन्दनसहित सम्मान गरिएको हो । साहलाई पूर्व मन्त्री एवम् सांसद पुरुषोत्तम पौडेल, नेफ्स्कून अध्यक्ष ऋषिराज घिमिरे र संस्थाका अध्यक्ष एवम् नेफ्स्कून सञ्चालक कृष्ण पौडेलले सम्मान गरेका हुन् ।

त्यस्तै यस वर्षको हातेमालो वर्ष सम्मान सहकारी तथा सामाजिक क्षेत्रमा सहकारीकर्मी नारायण बर्तौला, शिक्षा क्षेत्रमा ज्ञानहरी निर्मल र साहित्यको क्षेत्रमा शिरोमणी अर्याललाई सम्मान गरिएको हो । त्यस्तै जेष्ठ सदस्य सम्मानमा ७५ वर्षीय ओमनाथ पौडेल र रत्नाकुमारी श्रेष्ठ, उत्कृष्ट कर्मचारी सम्मान प्रकाश ढुंगाना, उत्कृष्ट व्यवसायी जीवनकुमार भट्टराई, उत्कृष्ट कारोवारकर्ताको पासपत साह, लेखनाथ सापकोटा, पार्वतीकुमारी क्षेत्रीनी र भिमदेवी ढकाल, उत्कृष्ट बचतकर्ताको रुपमा सारदादेवी कंशाकार, सुरक्षा थापा कार्की, रामबहादुर कार्की र उमेश लामिछाने, त्यस्तै उत्कृष्ट अभिभावक तथा विद्यार्थीको रुपमा डुमरवाना बहुमुखी क्याम्पसका विद्यार्थी हरिशंकर रिमाल र अभिभावक कृष्णप्रसाद रिमाल, विद्यार्थी सन्तोषी नेपाल र अभिभावक निलराज नेपाललाई हातेमालो सहकारी वर्ष सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै पूर्व युवा तथा खेलकुद मन्त्री एवम् सांसद पुरुषोत्तम पौडेलले संविधानले परिकल्पना गरेको आर्थिक समृद्धि र समाजवादका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकोले यसलाई प्राथमिकतासहित अघि बढाउन राज्य तयार भएको बताए । अभियानमैत्री सहकारी ऐन आवश्यक भएको बताउदै त्यसका लागि आफुहरुले पहल गर्ने बताउदै सहकारी क्षेत्रको मांग सम्वोधन गर्न आफुहरु तयार रहेको पौडेलले बताए ।

त्यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले सहकारीहरुवीच एकरुपता र एकीकरणको प्रक्रिया अघि नबढेसम्म सुद्धीकरण र गुणात्मक विकास असम्भव रहेको बताए ।

आयोजक संस्थाका अध्यक्ष एवम् नेफ्स्कून सञ्चालक कृष्ण पौडेलले हातेमालो समकालीन सहकारी अभियानमा जागरणको नेतृत्व गरेको बताउदै अव एकीकरण र व्यवसायिकीकरणको लागि पहलकदमी लिने बताए ।

हातेमालोले नवौं स्थापना दिवसको अवसरमायस अघि जेठ १४ गते सहकारी अन्तरसम्वाद कार्यक्रम र आधारभूत सहकारी तालीम, १५ गते प्रथम हातेमालो बालसम्मेलन, १६ गते उमाविस्तरीय निवन्धलेखन प्रतियोगिता, १७ गते चकरी विद्यालयमा पाठ्यसामाग्री वितरण, १८ गते आंखा र दांतको निःशुल्क स्वास्थ्य शिविर, १९ गते सहकारीकर्मीहरुवीच अन्तरक्रिया कार्यक्रम तय गरेको छ ।

आठ वर्षअघि स्थापना भएको हातेमालोले २१०० सदस्यहरुवीच २० करोडको कारोवार गरिरहेको छ । मध्यतराईको उत्कृष्ट सहकारीको पहिचान बनाएको हातेमालोले गुणस्तरीय वित्तिय सेवा र सामाजिक व्यवसायका अन्य क्षेत्रहरुमा प्रवेश गर्ने तयारी गर्दैछ ।

अभिलेख

लोकप्रिय