१४ बैशाख २०८१, शुक्रबार

सामाजिक संजालमा सहकारी भूकम्प

२ असार २०७२, बुधबार
सामाजिक संजालमा सहकारी भूकम्प

– खिला दाहाल / वैशाख १२ गतेको विनासकारी भूकम्प र त्यस पछिको पराकम्पन झेल्न गाह्रो भएको राष्ट्रिय सहकारी संघले यतीखेर अर्को फेस्बुक स्ट्याटसको झड्का झेलीरहेको छ । अहिले सहकारी क्षेत्रमा भूकम्पलाई विर्साउने फेसवुक स्टाटस् भाइरसझैं फैलिएको छ । जुन सहकारीको मा्उ निकाय, राष्ट्रिय सहकारी संघलाइ केन्दविन्दु वनाएर विष्फोट भएको जिल्ला सहकारी संघ काठमाण्डौंको कम्पनका तरंगले केही सहकारीकर्मीहरुलाई राम्रैसँग हल्लाएको छ । कुरोको चुरो नखुले पनि राहत वितरणको चटन टुक्रिएपछि जिल्ला सहकारी संघ काठमाडौं र राष्ट्रिय सहकारी संघका दुई प्लेटको मिलन हुन नसक्दा पराकम्पन गइरहेको सहकारीकर्मीहरुको अनुमान छ ।

जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले जिल्ला संघले राष्ट्रिय सहकारी संघको सदयता त्याग्ने फेसवुक स्ट्याटसले यतीखेर सहकारी वजारमा ८ रेक्टर स्केलको भूकम्प ल्याएको छ । स्ट्याटसमाथि सहकारीका गन्ने मान्ने अनुहारहरुले नै कमेन्ट गर्न भ्याएका छन् र यीनै विभिन्न कृया प्रतिकृयाहरु लाई हेरेर हालको नेपालको सहकारी क्षेत्रको अनुहार देख्न सकिन्छ र अनुमान लगाउन सकिन्छ की नेपालको सहकारी अभियान र सहकारीका अगुवाहरुका वारेमा । स्ट्याटसमा किन र के का लागि जस्ता जिज्ञाशा सल्लाह सुझावका साथै एक अर्का प्रति आरोप प्रत्यारोपका शब्दहरु मनको पिडा र आक्रोशकारुपमा बग्रेल्ती बगेका छन् ।

फेसबुक जस्ता सामाजिक संजालमा यस्ताखाले स्ट्याटस आउनु र त्यसमा कृया प्रतिकृया आउनु सामान्य हो तर त्यसको असरवारे ख्याल गर्नु पनि जरुरी छ । एउटा जिम्मेवार संस्थाको जिम्मेवार पदमा रहेका व्यक्तीको यस प्रकारको अभिव्यक्ती सामाजिक संजालमार्फत ब्यक्त हुनु र त्यसैलाइ आधार वनाएर प्रतिकृयाको नाममा स्यालले कुखुरा झम्टे झै आक्रोशका शव्दहरु झटारो हानाहान गर्नु उचित हुन्छ र ? हुनत जिम्मेवार संस्थाको जिम्मेवार पदमा रहेका व्यक्तीले वोलेका शब्दलाइ आधिकारिकता नमान्नु पनि कसरी । तर पनि यस्ताखाले विषयमा निर्णय गर्नुपर्दा त्यसका पनि कायदा कानून होलान, अध्यक्षनै सर्वोपरी हैन होला, समितिकै निर्णय हो भने किन जिल्ला सहकारी संघ काठमाण्डौंले गर्दैछ यती कठोर निर्णय । या आक्रोशमा पोखिएका शब्द मात्र हुन । यदी आक्रोशमा पोखिएका शब्द हुनभने यसले संघ र पदिय ब्यक्तीको विश्वासनै काहाँ रह्यो र । आधिकारिकता खै ? त्यसैले वोलिलाई गोलि वनाउन संघले चालेको कदमलाइ निणर्यमा पुर्याउनु पर्छ, निणर्यले भविश्यमा कस्तो असर गर्छ विचार गर्नु वेश । त्यो भन्दा महत्वपूर्ण कुरा अहिलेको समयलाई सहकारीकर्मीहरुले आफू आफूमा वाकयूद्ध गर्नुमा नखर्चेर देशमा आएको विपत्तीले विपद्मा परेका मानिसहरुलाई सहयोगी हात वढाइ सहकारीको मर्मलाइ यथार्थमा वदल्नु जरुरी छ । सवै काला, गोरा होचा,अग्ला सहकारीकर्मी एकजुट भएर अघीवढी सहकारीको उपस्थितिको स्थान खोज्ने वातावरण सिर्जना गर्नु पर्छ । सहकारी, सँगसँगैको सहकार्य हो । भाई भाई फुटे,गवार लुटे भन्ने उक्तीलाई चरितार्थ नवनाऔं भन्ने हाम्रो पनि चाहना हो । वर्तमान सहकारी मासिकबाट

अभिलेख

लोकप्रिय