१४ बैशाख २०८१, शुक्रबार

साना किसान सहकारीको सक्रियतामा बिमा कम्पनी

९ माघ २०७१, शुक्रबार
साना किसान सहकारीको सक्रियतामा बिमा कम्पनी

काठमाडौं । सदस्य सुरक्षा, बाली सुरक्षा र पशुधन सुरक्षा नाम दिएर लघुबिमा कार्यक्रम संचालन गर्दै आएका साना किसान सहकारी संस्थाहरुको सक्रियतामा बिमा कम्पनी स्थापना हुन लागेको हो ।

साना किसान विकास बैंक, नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान कृषि सहकारीहरुको संयुक्त पहलमा सो कम्पनी स्थापना हुन लागेको हो । कम्पनीमा फिलिपिन्सको क्लाइम्स् लाइफ एण्ड जनरल इन्स्योरेन्स कोअपरेटिभको पनि लगानी रहनेछ ।
सहकारीमा आबद्ध सदस्यका साथै ग्रामीण भेगका वित्तीय पहुँच कम भएका विपन्न वर्गलाई बिमा सुविधा दिने उद्देश्यले यस्तो कम्पनी स्थापना गर्न लागिएको संघका अध्यक्ष खेम पाठकले जानकारी दिए ।

कम्पनी स्थापनाका लागि सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहमति दिइसकेको र बिमा समितिको अनुमति पाएपछि काम गरिने उनले बताए ।

अभिलेख

लोकप्रिय