१४ बैशाख २०८१, शुक्रबार

‘साधारणसभा सदस्यहरुको महत्वपुर्ण पर्व होे’

२७ पुष २०७१, आईतवार
‘साधारणसभा सदस्यहरुको महत्वपुर्ण पर्व होे’

पर्सा । बीरगंज स्थित गुराँस बचत तथा ऋण सहकारी संस्थाको पाचौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष हरेन्द्र पटेलको सभापतित्वमा सम्पन्न सभामा प्रमुख अतिथि डिभिजन सहकारी कार्यालय पर्साका निमित्त प्रमुख अरुण कुमार बस्नेत रहेका थिए । त्यस्तै सभामा अतिथी बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पन्डित, लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरेराम पटेल, भवती बचत तथा ऋण सहकारी सस्थाका प्रतिनिधी रामनिवास देहाती लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा डिभिजन प्रमुख बस्नेतले साधारणसभामा सदस्यहरुले संस्थाको सम्पुर्ण गतिविधि जान्ने महत्वपुर्ण पर्व भएको बताए । कार्यक्रममा उत्कृष्ठ कर्मचारीहरु सुमित्रा कुमारी पाण्डे, किसमति देबी, राजेश साह, सुजिल हजरा, सानोमाया शखदेल सम्मानित भएका थिए ।

संस्थामा २ हजार २ सय २५ जना सदस्य रहेको छ । गत आ.व.मा संस्थाले २ लाख ११ हजार नाफा कमाएको थियो । संस्थामा हाल ८१ लाख १ हजारको बार्षिक कारोबार रहेको छ ।

अभिलेख

लोकप्रिय