६ जेष्ठ २०८१, आईतवार

साझा बसमा नेपाल टेलिकमको वाईफाई

१९ श्रावण २०७१, सोमबार
साझा बसमा नेपाल टेलिकमको वाईफाई

काठमाडौं । नेपाल टेलिकमले साझा वसमा फाइ वाई हटस्पट राखेको छ, जसले काठमाडौं उपत्यकामा चल्ने साझा बसमा वाईफाइ सुविधा पाइने भएको छ । कम्पनीले साझा यातायातका वसमा वाईफाइ सेवा सञ्चालन गर्नको लागि वाईम्याक्स प्रविधिको उपकरण जडान गरेको छ । वसमा यात्रा गर्ने यात्रुले कम्पनीको वाईफाइ मार्पmत इन्टरनेट चलाउन सक्ने, कम्पनीले जानकाी दिएको छ ।
हाल साझा यातायातले कलंकीबाट त्रिपुरेश्वर हुँदै एयरपोर्टसम्म तथा लगनखेलबाट शिक्षण अस्पताल माहाराजगञ्ज हुँदै गाेंगबु बसपार्कसम्म दुई वटा रुटमा १६ वटा वस सञ्चालन गरिरहेको छ ।
यात्रुहरुले वाईफाईमार्पmत इन्टरनेट चलाउनको लागि जिएसएम तथा सिडिएमए पोष्टपेड÷प्रिपेड मोवाइलको म्यासेज बक्समा गई वाइफाई टाइप गरी १४१६ मा म्यासेज पठाएपछि प्राप्त हुने पासवर्ड प्रयोग गरी चलाउन सकिने जानकारी दिएको छ ।
कम्पनीले यसबाट स्मार्ट फोन, ल्यापटप, आइप्याडमा वाईफाइ चलाउन सक्ने कम्पनीले जानकारी दिएको छ । उक्त पासवर्डबाट एक घण्टासम्म इन्टरनेट चलाउन सकिने र पासवर्डको भ्यालिडिटी पिरियड २४ घण्टा कायम रहने पनि कम्पनीले जानकारी दिएको । सेवा प्रयोग गरेवापत ग्राहकको मोवाइलबाट १० रुपैयाँ कट्टा हुनेछ ।
कम्पनीले साझा वसमा जडान गरेको वाईफाई सेवा प्रति उपभोक्ता आकर्षणलाई हेरी आगामी दिनमा अन्य रुटमा चल्ने वसहरुमा समेत सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ ।
टेलिकमले हाल मुलुकका ७२ वटा जिल्लामा वाइम्याक्स सेवा सञ्चालनमा ल्यााइसकेको छ भने उपभोक्ताको वढी भिडभाड हुने अस्पताल, सपिङ मल, पार्क, चोक लगायतका दुई सय २० स्थानमा हटस्पट बनाएको छ ।

अभिलेख

लोकप्रिय