६ जेष्ठ २०८१, आईतवार

सहकारी संस्था सबको मुटुको ढुकढुकी बनोस

२ पुष २०७०, मंगलवार
सहकारी संस्था सबको मुटुको ढुकढुकी बनोस

सन्तोष तिमल्सिना –काभ्रे
नेपाली इतिहासको कठिन मोडहरुलाई पार गर्दै नेपालको सहकारी अभियानले एउटा स्वर्णयुगलाई छर्लङ्ग मार्दै ५५ औ बर्षमा पार गरी सकेको छ । इतिहासको यस कालखण्डमा सहकारी अभियानले अनेकांै आरोह अवरोहहरुलाई पार गर्दै समग्र देशको सामाजिक तथा आर्थिक रुपान्तरणका लागी एक महत्वपूर्ण भूमिका निवार्ह गदै गन्तव्यतर्फ उन्मुख हुन सफल भएको छ । नेपाली परिवेशमा सहकारीको इतिहासलाई नियालेर हेर्दा वि.स २०११ सालको भिषण वर्षा र बाढी पहिरोबाट उत्पन्न संकट मोचनका लागि चित्तवनका युवाहरुको सक्रियतामा वि.स २०१३ सालबाट सहकारी आन्दोलनको सुरुवात भएको पाईन्छ । वि.स २०१३ साल चैत्र २० गते चित्तवन बखानपुरका बखान बहादुर सिंह गुरुङ्गको संरुक्षणमा स्थापना भएको बखानपूर बचत ऋण समितिको स्थापनाबाट सुरु भएको सहकारी अभियानको जालो आज नेपाल अधिराज्य भर फैलिसकेको छ ।
सहकारीको माध्यमबाट नै समाजका विपन्न, अतिविपन्न वर्गका मानिसहरु लगायत किसान, मजदुर, ब्यावसायी, महिला वर्ग तथा समुदायलाई संगठित एवं एकत्रित गरी समाजमा छरीएर रहेका स–साना सिप र पूँजीहरुलाई संकलन गरी परिचालन गरेको छ । दिन प्रतिदिन नेपालमा सहकारी संस्थाका विकासका जराहरु शहरी क्षेत्रमा मात्र नभई ग्रामिण भेगका दुरदारासम्म फैलिन थालि सकेको छ । हालसम्म नेपाल भरीमा करीब २२ भन्दा बढी सहकारी संस्थाहरु स्थापना भई संचालनमा आएका छन । सहकारी क्षेत्रबाट करीब ५० हजार मानिसहरुले प्रत्यक्ष तथा ५ लाख भन्दा बढीले अप्रत्यक्ष रुपमा रोजगार पाएका छन भने नेपाल भरीका करिब २८ लाख भन्दा बढी मानिसहरु सहकारी संस्थाहरुमा आवद्ध भएका छन । करीब ३ अर्ब रुपैयाँ बराबरको कारोवार गर्न सफल भएको छ । राज्यको आर्थिक विकासमा समेत सहकारी अभियानले आफ्नो छुट्टै पहिचान बनाई सकेको छ । साथै राज्यको तीन खम्बे अर्थनीति अनतर्गत सहकारी संस्था पनि एक बलियो आधार स्तम्भ रुपमा राज्यद्वारा घोषणा भई सकेको छ । देशको अर्थतन्त्रमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै अगाडी बढीरहेको छ । साथै सहकारी संस्थाहरुले राष्ट्रिय अर्थतन्त्रमा आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै आई रहेका छन । यस कारण देशको आर्थिक, सामाजिक,साँस्कृतिक र राजनैतिक रुपान्तरणका लागि देशको कुना काप्चासम्म विभिन्न बिषयका सहकारीहरु फस्टाउने क्रम द्रुत गतिमा अघि बढिरहेको छ । गरीबी, अशिक्षा र अन्धविश्वासबाट ग्रसित अधिकांश ग्रामिण समुदायका मानिसहरुमा सहकारी अभियानका माध्यमबाट परिवर्तनका रुप रेखाहरु कोरी दिएको पाईन्छ ।
संयुक्त राष्ट्र संघले सन् २०१२ लाई सहकारी बर्षको रपमा घोषणा गरेको छ । यो सहकारी अभियान र सहकारी कर्मीहरुका लागि सुनौलो अवसर पनि हो । अनतराष्ट्रिय सहकारी बर्षको लहर नेपालको सहकारी आन्दोलनमा पनि भित्रिउको छ । सहकारी बर्षको अवसर पारेर नेपालका साना देखी ठूला सहकारी संस्थाहरुले एउटा नयाँ कार्यक्रम सहित सहकारी बर्ष मनाउने तयारी गरिरहेका छन । सहकारी संस्थाहरुले युवा सदस्यहरुको अवस्था, आवश्यकता र चुनौतीलाई स्पष्टरुपमा सम्बोधन गरी युवाहरुको सिप, क्षमता र दक्षतालाई सहकारी अभियानको माध्यमबाट सही ठाँउमा उपयोग गर्नु जरुरी छ । आम युवा वर्गहरु विभेद रहित, राजनीति रहित, स्वच्छ सहकारी संस्थाहरु ब्यवस्थित रुपमा संचालन गरी निः श्वार्थ रुपमा सहकारी अभियानमा लाग्ने हो भने पक्कै पनि ग्रामिण समुदायका विपन्न वर्गसम्म सहकारी अभियान पु¥याउन सकिन्छ । सहकारी अभियानबाट युवा वर्गलाई स्वरोजगार बनाउन सकियो भने नेपाली युवा श्रम, सिप र क्षमतालाई स्वदेशमै खर्चिन सकियो भने देशको आर्थिक विकासमा सहयोग पेग्नेमा कुनै द्वविधा छैन । यसर्थ सहकारी संस्थाहरुले युवा जोस, युवा जाँगर र युवा शक्तिको परिचालन गरी सहकारी संस्थाहरुले गाँऊ गाँऊमा स्थानीय स्तरमा पुगी विपन्न र गरीबहरुको माझमा जविनोपयोगी सिप सिकाएर उनीहरलाई व्यावसायिकरण रुपमा स्वरोजगारको सिर्जना गरी देशको अर्थतन्त्रमा सहयोग पुर्याउन सकिन्छ ।सहकारी अभियानकै माध्यमबाट साँच्चै नै देशको आर्थिक, सामाजिक तथा राजनैतिक रुपानतरण गर्ने हो भने शहरी क्षेत्रमा केन्द्रित हुँदै गएको सहकारी आन्दोलन देशको कुना कनदरासम्म पुग्नु जरुरत छ । अनि सहकारी बर्ष मनाउनका लागि देखावटी रुपमा मात्र नभई सहकारी संस्थाहरुले सदस्यहरु हितमा दिर्घकालिन कार्यक्रम सहित गाँऊ गाँऊ पुग्नु पर्दछ । प्रत्येक नेपालीको मन, मुटु र मस्तिष्कमा सहकारी अभियानको ज्ञान हुनु जरुरत छ । सुन्दर शान्त नेपाली परिवेशमा आम सहकारीकर्मी, सहकारीप्रमी सदस्यहरु नविन जोस, जाँगर, शैली र सिपको प्रयोग गरी सहकारी अभियानको उन्नती र प्रगतिका अनेकौ गोरेटोहरुको सिर्जना गर्नु पर्दछ । अनि देशको परिवर्तन र विकास लागि जस्तो समस्या, संकट, भोृकमारी , गरीबी र अन्याय र अत्याचारको विरुद्ध लड्दै सहकारी अभियानबाटै समुन्नत र न्याययुक्त राष्ट्र निर्माण्का लागि विभिन्न स्वरुपमा सहकारी संस्थाको स्थापना गरी विविध आर्थिक तथा सामाजिक कार्यहरु गदै अघि पढ्नु पर्दछ । जसका निम्ति सहकारी अभियान सबैको मुटुको ढुकढुकी बन्नु पर्दछ । साभार, मझेरी डट कम बाट ।
 
 

अभिलेख

लोकप्रिय