१५ बैशाख २०८१, शनिबार

सहकारी बैकको पेशागत विकास कार्यशाला

२२ चैत्र २०७२, सोमबार
सहकारी बैकको पेशागत विकास कार्यशाला

sahakari bankधुलिखेल । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजना तथा एशियाली ऋण महासंघ (अक्कु) को प्राविधिक सहयोगमा आइतवारदेखि ३ दिने पेशागत विकास विषयक कार्यशाला शुरु भएको छ ।

बैंकको सेवालाई प्रभावकारी बनाउनका लागि पेशागत दक्षता अभिवृद्धि गर्ने उदेश्यले सञ्चालित कार्यशालामा बैंक सञ्चालक समिति, लेखा समितिका पदाधिकारी तथा सदस्यहरु र उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको छ ।

कार्यशालामा २ वर्ष अगाडि बनाएको बैंकको रणनीतिक योजनामा पुनरावलोकन गरिने बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिए ।

एशियाली ऋण महासंघको पूर्ण सदस्य रहेको सहकारी बैंकले महासंघले प्रदान गर्ने प्रविधि लगायत अन्य सेवाहरुलाई बैंकमार्फत सदस्य संस्थाहरुमा पु¥याउने लक्ष्य लिएको छ ।

कार्यशालामा एशियाली ऋण महासंघका वर्तमान कार्यकारी प्रमुख एलेनिता भि सन रोके र पूर्व कार्यकारी प्रमुख रञ्जित हेटीराची सहजीकरण गर्नेछन् ।

सञ्चालक र उच्च व्यवस्थापनको तीन दिनको तालिम समापनसंगै बैंकका शाखा प्रमुखहरुलाई तालिम दिइने सञ्चालक तथा सञ्चार उपसमितिका संयोजक रामबहादुर जिसीले जानकारी दिए ।

अभिलेख

लोकप्रिय