१४ बैशाख २०८१, शुक्रबार

सहकारी नीति कार्यान्वयन गर्न ‘एक्सन प्लान’

२१ पुष २०७१, सोमबार
सहकारी नीति कार्यान्वयन गर्न ‘एक्सन प्लान’

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले राष्ट्रिय सहकारी नीति २०६९ कार्यान्वयन गर्न ‘एक्सन प्लान’ बनाइने बताएका छन् ।

जिआईजेटको प्राविधिक सहयोगमा नीति कार्यान्वयन गर्न ‘एक्सन प्लान’ बनाउन लागिएको उनले बताए । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आयोजना गरेको ‘राष्ट्रिय अर्थतन्त्रमा साना किसान सहकारीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा रजिष्ट्रार पौडेलले सो कुरा बताएका हुन् ।

त्यस्तै पौडेलले सहकारी संस्थाले पनि अब ‘सहकारी उद्योग’ खोल्न पाउने बताए । शंसोधनको क्रममा रहेको सहकारी ऐन २०४८ मा सहकारीले उद्योग खोल्न पाउने प्रावधान राखिएको बताए । ‘सहकारीले कृषि उद्योग स्थापना गर्न सके राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्छ ।’ उनले भने, ‘दूध, मासुजस्ता कृषि उत्पादन बढाउन सके देशको अर्थतन्त्रमा सहकारीको योगदान बढ्ने छ ।’ कृषि क्षेत्रको विकास गर्न कृषि बीमातर्फ कृषकलाई आकर्षित गर्दै सहकारीमार्फत कृषिमा आत्मनिर्भर बनाउन सकिने उनको भनाई थियो ।cjn_program

त्यस्तै कार्यक्रममा साना किसान विकास बैंक तथा नेपाल कृषि केन्द्रिय सहकारी संघका अध्यक्ष खेम पाठकले सहकारीले उद्योग संचालन गर्न नपाउने समस्याले कृषि सहकारीले प्रगति गर्न नसकेको बताए । कृषिको विकासका लागि ‘एक गाविस, एक उत्पादन’मा जोड दिनुपर्ने उनको भनाई थियो ।

सिचाई, प्रविधि, रिसर्चको अभावका कारण सहकारीले कृषिमा रचनात्मक काम गर्न नसकेको पाठकले बताए । ‘साना किसान सहकारीले किसानहरुलाई व्यवसायिक बनाएको छ ।’ उनले भने ‘किसानलाई अझ व्यवसायीक बनाउन सिप र प्रविधिमा जोड दिनु पर्छ ।’ सहकारी मार्फत कृषि क्षेत्र व्यवसायिक बन्दै गएको उनको भनाई थियो ।

अभिलेख

लोकप्रिय