१५ बैशाख २०८१, शनिबार

सहकारी दिवसमा हाम्राे फरक कार्यक्रम छैन : कास्कून

२० चैत्र २०७२, शनिबार
सहकारी दिवसमा हाम्राे फरक कार्यक्रम छैन : कास्कून

काठमाडाैं । काठमाडाैं बचत तथा ऋण सहकारी संघ (कास्कून)ले सहकारी दिवसकाे अवसरमा अाफ्नाे छुट्टै कार्यक्रम नभएकाे स्पष्ट पारेकाे छ ।

जिल्ला सहकारी संघ, काठमाडाैं र डिभिजन सहकारी कार्यालय काठमाडाैंले अायाेजना गर्ने कार्यक्रममै सहभागी हुने जनाएकाे छ । कास्कूनका सबै संचालक मुल समाराेह समितिका सदस्य छन् ।

जिल्ला संघले पनि कास्कूनले छुट्टै कार्यक्रम अायाेजना गर्न लागेकाे भनेर प्रचारबाजी समेत गरेका थिए । बुझाई फरक रहेको कास्कूनका सचिव नवराज अर्यालले जानकारी दिए । ‘हाम्रा सबै सदस्य कास्कूनकाे झण्डा राखेर र्याली गर्ने छाैं । अनि जिल्ला संघकाे र्यालीमा मिसिएर साेही अाैपचारिक कार्यक्रममा सहभागी हुनेछाैंं ।’ उनले भने ।

अभिलेख

लोकप्रिय