१६ बैशाख २०८१, आईतवार

सहकारी दिवसमा साताव्यापी कार्यक्रम !

१४ चैत्र २०७२, आईतवार
सहकारी दिवसमा साताव्यापी कार्यक्रम !

काठमाडौं । ५९ औं राष्ट्रिय सहकारी दिवसकाे अवसरमा साताव्यापी कार्यक्रम शुरु भएकाे छ ।

डिभिजन सहकारी कार्यालय काठमाडाैं र जिल्ला सहकारी संघ, काठमाडाैंले संयुक्त रुपमा मनाउन लागिएकाे हाे । साताव्यापी कार्यक्रम अन्तर्गत पहिलाे दिन पत्रकार सम्मेलन भयाे । दिवस मनाउन ५९ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति समेत गठन गरिएकाे छ । समितिले सोमवार मातार्तीथ वृद्वाश्रमा भोजन तथा फलफूल वितरण, मंगलबार अपांग बाल सुधार केन्द्र जोरपाटीमा बाल भोजन तथा फलफूल वितरण, चैत्र १७ गते मातृशक्ती साकोस सिनामंगलमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

त्यस्तै चैत्र १७ गते बुढानिलकण्ठ मन्दिर परिसरमा सरसफाई, पद्मोदय मावि रामशाह पथमा सहकारी शिक्षा तथा स्टेसनरी वितरण तथा सरसफाई, १८ गते निःशसहाय सेवा सदन, शान्तिनगरमा वृद्वाश्रममा भोजन तथा फलफूल वितरण, १९ गते वाकाथून, र चैत्र २० गते बृहत सहकारी र्याली तथा सभा हुने बताइएको छ ।

दिवसको अवसरमा डिभिजन सहकारी कार्यालयले कृषी, अपांग, महिला, दूग्ध संस्था तथा उत्कृष्ट विषयगत संघलाई पुरस्कार वितरण गर्ने भएको छ ।

अभिलेख

लोकप्रिय