१५ बैशाख २०८१, शनिबार

सहकारी दिवसमा गरिने कार्यक्रम सार्वजनिक

१६ चैत्र २०७२, मंगलवार
सहकारी दिवसमा गरिने कार्यक्रम सार्वजनिक

दाङ । ५९ औं राष्ट्रिय सहकारी दिवस दाङमा पनि विभिन्न कार्यक्रम गरी सप्ताहब्यापी रुपमा मनाइने भएको छ । जिल्ला सहकारी संघ लि.दाङ, डिभिजन सहकारी कार्यालय, दाङ, राष्ट्रिय सहकारी बैंक लि शाखा कार्यालय दाङ, बचत तथा ऋण सहकारी संघ लि., बहुउदेश्यीय सहकारी संघ लि., कृषि सहकारी संघ लि., र उपभोक्ता सहकारी संघ लि दाङको संयुक्त आयोजनामा दाङमा राष्ट्रिय सहकारी दिवस २०७२ सप्ताहाब्यापी रुपमा मनाउन लागिएको हो । मूल आयोजक समितिको ब्यवस्थापनमा जिल्लाका विभिन्न स्थानमा १२ वटा कार्यक्रम गरिने भएको छ ।
आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मूल नाराका साथ १५ देखि २० गते सम्म जिल्लाका विभिन्न स्थानमा सहकारी शिक्षा, रक्तदान, फलफूल बितरण, ¥याली तथा अन्र्तक्रिया गरिने डिभिजन सहकारी पकार्यालय दाङका प्रमुख बिनोद कुमार पौडेलले जानकारी दिए ।
सप्ताहब्यापी कार्यक्रम अन्र्तगत १६ गते राप्ती अञ्चल अस्पताल र तुलसीुरमा रहेको बृद्धाश्रममा फलफूल बितरण गर्ने, १७ गते पुरन्धाराको हापुरेमा आधारभूत सहकारी शिक्षा शिवर सञ्चालन गर्ने, सोही दिन घोराही तेरौटेका बृद्धहरुलाई फलफलूल बितरण गर्ने, १८ गते देउखुरीको सोनपुर बृद्धाश्रम, र लमहीको अस्पतालमा फलफुल बितरण कार्यक्रम रहेको अधिकृत पौडलेलले बताए ।
त्यस्तै १८ गते बचत तथा ऋण जिल्ला संघको आयोजनामा घोराही, तुलसीपुर र लमहीमा पहिलो चरणको अन्तर सहकारी हाजिरिजवाफ प्रतियोगिता हुने उनले जानकारी दिए । क्षेत्र स्तरिय हाजिरिजवाफ प्रतियोगितामा पथम द्धितिय र तितिय हुने सहकारीहरु बिच १९ गते जिल्ला सहकारी संघको सभा हल घोराहीमा जिल्ला स्तरिय हाजिरिजवाफ प्रतियोगिता गरिने डिभिजन प्रमुख पौडलेलले बताए ।
१९ गते नै डिभिजन सहकारी कार्यालयको पाङगमा रक्तदान गरिने र २० गते घोराहीमा झांगि सहीतको सहकारी कर्मिहरुको ¥यालीले नगर परिक्रमा गरेर नगरपालिकाको सभा हलमा पुरस्कारबितरण तथा मुल समारोह गरिने जिल्ला सहकारी संघ दाङका अध्यक्ष तथा मूल आयोजक समितिका अध्यक्ष गोविन्द प्रसाद शर्माले जानकारी दिए ।

अभिलेख

लोकप्रिय