६ जेष्ठ २०८१, आईतवार

सहकारीको सहयोगमा महिलाहरुलाई घरेलु प्याड बनाउने तालिम

२५ माघ २०७२, सोमबार
सहकारीको सहयोगमा महिलाहरुलाई घरेलु प्याड बनाउने तालिम

बागलुङ । स्थानीय स्रोत र साधनको उपयोगमा वृद्धि गरी महिलाहरुको आयआर्जन बढाउने उदेश्यका साथ नागरिक समेचना केन्द्रमा आवद्ध महिलाहरुलाई एक दिने सजिलो प्याड बनाउने तालिम प्रदान गरिएको छ ।
बागलुङ नगरपालिका वडा नं.१० कुडुलेस्थित कालीगण्डकी नागरिक सचेतना केन्द्रमा आवद्ध महिलाहरुलाई सजिलो प्याड बनाउने एक दिने तालिम आइतवार सम्पन्न भएको हो । घरमै खेर गैरहेका कपडाबाट महिनाबारीको समयमा प्रयोग हुने प्याड बनाउने तरिका सिकेपछि घरमै बनाएर प्रयोग गर्न महिलाहरु आकर्षित भएकाले तालिम प्रदान गरिएको केन्द्रका सामाजिक परिचालक शारदा शर्माले जानकारी दिए ।

आदर्श सञ्चार सहकारी संस्था बागलुङको प्राविधिक सहयोगमा सञ्चालित तालिममा केन्द्रमा आवद्ध १५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहजीकरण गर्दै आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीले महिलाहरुले प्रयोग गर्ने प्याड घरमै बनाउन सहज र सस्तो पर्ने भएकाले यसको प्रयोग बढ्दै गएको बताईन । परनिर्भरतालाई हटाएर आत्मनिर्भर बन्नका लागि स्थानीय स्रोत र साधनको अधिकतम उपयोग आवश्यक रहेको भन्दै उहाँले खर्च कटौती गरी वचतमा वृद्धिका लागि पनि यो अभियानले सहयोग पु¥याउने बताईन ।

अभिलेख

लोकप्रिय