६ जेष्ठ २०८१, आईतवार

सहकारीका सञ्चालकहरुका लागि क्षमता अभिवृद्धि

२४ माघ २०७२, आईतवार
सहकारीका सञ्चालकहरुका लागि क्षमता अभिवृद्धि

बागलुङ । सहकारीका सञ्चालकहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ बागलुङमा शुक्रवारदेखि २ दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ ।

जिल्ला सहकारी संघ र बागलुङ दुग्ध उत्पादक सहकारी संघ बागलुङको संयुक्त आयोजनामा तालिम शुरु भएको हो । सहकारी सञ्चालनका लागि सञ्चालकहरुको भूमिका प्रभावकारी बनाइ सहकारी क्षेत्रलाई थप प्रभावकारी बनाउने उदेश्यका साथ तालिम आयोजना गरिएको जनाइएको छ ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्माले सञ्चालकहरुको क्षमता अभिवृद्धि गरी सहकारीलाई व्यवस्थित रुपमा सञ्चालनका लागि तालिम सहयोगी बन्ने बताए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी क्षेत्र मार्फत मुलुक निर्माणमा थप योगदान गर्नका लागि सहकारीकर्मीहरुको क्षमता वृद्धि गर्नु पर्नेमा जोड दिए । तालिमका प्रशिक्षक तथा जिल्ला वचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष भीम गुरुङले सहकारी सञ्चालनको समग्र अवस्थाका बारेमा सञ्चालकहरु सचेत हुनु पर्ने बताए ।

दुग्ध उत्पादनका क्षेत्रमा क्रियाशिल लगायत विभिन्न विषयका ३० वटा सहकारीका ३० जनाको सहभागिता रहेको तालिममा डिभिजन सहकारी कार्यालयका अधिकृत विष्णुप्रसाद शर्मा, बचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष भीम गुरुङ, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी.ले सहजीकरण गर्ने आयोजकले जनाएका छन् ।

अभिलेख

लोकप्रिय