६ जेष्ठ २०८१, आईतवार

बहिरा स्रोतकक्षाका विद्यार्थीलाई दिदीबहिनी सहकारीकाे सहयाेग

२ फाल्गुन २०७२, आईतवार
बहिरा स्रोतकक्षाका विद्यार्थीलाई दिदीबहिनी सहकारीकाे सहयाेग

म्याग्दी । बेनी नगरपालिका–१४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयमा रहेको बहिरा स्रोतकक्षाका विद्यार्थीहरुलाई दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले विद्यालय पोसाक सहयोग गरेकाे छ । शनिबार श्रीपञ्चमी अर्थात् सरस्वती पुजाको दिनको अवसर पारी सदरमुकाम बेनीमा सञ्चालित विद्यालयमा रहेको बहिरा स्रोतकक्षाका विद्यार्थीहरुलाई पाेशाक वितरण गरिएकाे हाे ।

१८ जना विद्यार्थीहरुलाई सहकारीको मुठ्ठीदान कार्यक्रमबाट पोसाक सहयोग गरेको संस्थाकी अध्यक्ष जमुना अाचार्यले बताईन । विद्यार्थीहरुको पढाईमा सहयोग गर्ने उद्देश्यले १३ जना छात्र र ५ जना छात्रालाई लक्षित गरी सर्ट, पाईन्ट र स्कटका लागि कपडाको एकएक थान सहयोग गरिएको आचार्यले जानकारी दिइन् । यसैगरी सोही कार्यक्रमको अवसरमा कुहुँ–३ की एकल, वृद्ध र अपाङ्गता महिलालाई मुठ्ठीदानबाटै खाद्यान्न सहयोग गरिएको थियो । सहकारीले ११ पाथी चामल, ५ लिटर खानेतेल, ५/५ केजीका दरले चिनी, दाल र नुन तथा २ प्याकेट चियापत्ती सहयोग हस्तान्तरण गरिएको बताइएको छ । सोही क्रममा सहकारीका ऋण उपसमिति सदस्य पुष्पा पुनले स्रोतकक्षाका विद्यार्थीहरुलाई नगद १ हजार १०० रुपैयाँ सहयोग गरेकी थिइन् ।

सहयोग ग्रहण गर्दै धौलागिरि माविका प्रधानाध्यापक केशवप्रसाद रेग्मीले सहकारीको सहयोग अत्यन्तै सराह्रनीय भएको बताउँदै स्रोतकक्षाका विद्यार्थीको अध्ययन तथा अध्यापन क्रियाकलापमा सहयोग पुग्ने बताए ।

अभिलेख

लोकप्रिय