१४ बैशाख २०८१, शुक्रबार

नेपालको मह राज्यको निर्यात योग्य सूचीबाट हट्दै, मौरी पालक सहकारी संघले आन्दोलन गर्ने

२० पुष २०७१, आईतवार
नेपालको मह राज्यको निर्यात योग्य सूचीबाट हट्दै, मौरी पालक सहकारी संघले आन्दोलन गर्ने

काठमाडौं । नेपालको मौरी पालन व्यवासायीलाई धरासायी बनाउन राज्यले नेपालमा उत्पादित महलाई निर्यात योग्य व्यापार रणनिति (एनटीआइसी) को सूचीबाट बाट हटाउन लागेको भन्दै नेपाल मौरी पालन केन्द्रिय सहकारी संघले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । आइतवार काठमाडौंको अनामनगरस्थित कृषि उपभोक्ता डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि संघले यस्तो चेतावनी दिएको हो ।

अन्तराष्ट्रिय बजारमा नेपालमा उत्पादित महको बढ्दो माग र मौरीपालनले व्यवसायिक रुप लिइरहेको बेला राज्यले मौरी पालन व्यवसायीलाई धरासायी बनाउन बाणिज्य तथा आपूर्ति विभाग अन्तगर्त निर्यात योग्य व्यापार रणनिति -(एनटीआइसी) को सूची बाट हटाउन षडयन्त्र भइरहेको नेपाल मौरी पालन केन्द्रिय सहकारी संघको दाबी छ ।

आयोजित पत्रकार सम्मेलनमा नेपाल मौरी पालन केन्द्रिय सहकारी संघ अध्यक्ष अर्जुन पोखरेलले अन्तराष्ट्रिय बजारमा नेपालको महको माग बढिरहेको बेला राज्यले त्यसलाई सहयोग गर्नुको साटो निर्यात योग्य व्यापार रणनितिबाट हटाएर यो पेशालाई नै धरासायी बनाउन खोजेको आरोप लगाए ।

एनटीआइसीको सूची बाट नेपालको उत्पादित महलाई ५ हजार रुपियाँ बराबरको पनि मह निर्यात नभएको झुटा र गलत तथ्याँक देखाएर राज्यले यस्तो षडयन्त्र गरिरहेको अध्यक्ष पोखरेलको आरोप छ । उनले नेपालको उत्पादित महलाई ९एनटीआइसी० को सूची बाट जर्बजस्ती हटाइए सिंहदरबार घेर्ने देखि सडक आन्दोलनमा जान संघ बाध्य हुने चेतावनी थियो ।

देशभर ९८ वटा प्रारम्भिक सहकारीहरुबाट करिब एक लाख ३० हजार गोलाबाट झण्डै अरवौंको मह उत्पादन भइरहेको संघले जानकारी दिएको छ । करिब ४ हजार किसानहरु यस पेशामा प्रत्यक्ष संलग्न रहेको र ४ हजार ५ सय घर परिवार र दश हजार भन्दा बढी जनसंख्या यस पेशाबाट निर्भर रहेको पनि संघले जनाएको छ ।

नेपालमा वार्षिक करिब एक हजार ६ सय मेट्रिक टन मह उत्पादनमा सहकारीका किसानहरुबाट एक हजार मेट्रिक टन महको योग्दान छ । हालको एक हजार ६ सय मेट्रिक टन महलाई बढाएर झण्डै १० हजार मेट्रिक टन मह उत्पादन गर्न सकिने भन्दै बार्षिक करिब २ अर्वको नेचुरल मह निर्यात गर्न सकिने सम्भावना रहेको आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पोखरेलले जानकारी दिए ।

अभिलेख

लोकप्रिय