६ जेष्ठ २०८१, आईतवार

जिल्ला सहकारी संघ धादिङमा नयाँ नेतृत्व चयन हुँदै, काे बन्दै छ अध्यक्ष ?

२९ माघ २०७२, शुक्रबार
जिल्ला सहकारी संघ धादिङमा नयाँ नेतृत्व चयन हुँदै, काे बन्दै छ अध्यक्ष ?

धादिङ । जिल्ला सहकारी संघ धादिङकाे १६ अाैं साधारण सभा अाज हुँदैछ । सभाकाे सम्पुर्ण तयारी पुरा भएकाे संघका अध्यक्षा नेत्र राज पाैडेलले जानकारी दिए ।
धादिङबेशी स्थित भैरबी बचत तथा ऋण सहकारी संस्थाकाे सभाहलमा हुने साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गर्नेछ । अागामी कार्यकालकाे अध्यक्षमा पुन: पाैडेल सर्वसम्वत हुने देखिएकाे छ । अध्यक्षमा हाल सम्म कसैकाे पनि दाबी देखिएकाे छैन । अध्यक्ष मात्र नभई अन्य पदमा पनि सर्वसम्वत हुने देखिएकाे छ । उपाध्यक्षमा गंगादत्त तिमल्सेना, सचिव शान्त बिक्रम बाँनिया हुने बुझिएको छ ।

अभिलेख

लोकप्रिय