६ जेष्ठ २०८१, आईतवार

जिल्ला सहकारी बाँँकेका नवनिर्वाचित पदाधिकारीलाई सपथ तथा पदभार ग्रहण

२२ माघ २०७२, शुक्रबार
जिल्ला सहकारी बाँँकेका नवनिर्वाचित पदाधिकारीलाई सपथ तथा पदभार ग्रहण

नेपालगञ्ज । जिल्ला सहकारी संघ लि. बाँँकेका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई सपथ तथा पदभार ग्रहण गराइएको छ ।

जिल्ला सहकारी संघ लि. बाँँके नेपालगञ्जमा आयोजित एक कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रेम सुवेदी, उपाध्यक्ष अल्फाद खाँ, सदस्यहरु नवराज उपाध्याय, प्रकाश ज्ञवाली, मिना सिग्देल, लेखा संयोजक खडक बहादुर वली लगायतलाई सपथ तथा पदभार ग्रहण गराइएको हो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेत, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय बाँकेका सहप्रचार्य ऋषिराम पौडेल, सहकारी संघका निवर्तमान अध्यक्ष पदम धिताल, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष रुद्र सुवेदी, प्रेस युनियन बाँकेका उपाध्यक्ष कृपाराम बाडिया, प्रेस चौतारीका अध्यक्ष हेमन्त विक, राष्ट्रिय सहकारी बैंकका व्यवस्थापक सुजन दँदेलले शुभकामना मन्तब्य ब्यक्त गरे ।

साथै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संघको मुख पत्र प्रकाशन समिती प्रकाश ज्ञवालीको संयोजकमा सदस्य कृपाराम वाडिया,भेषराज बस्नेत चयन गरेको छ । बाँके जिल्ला स्थित रहेका बिभिन्न सहकारी सस्थाहरुको गतिबिधी तथा कार्यक्रमहरु समेटने गरी मुख पत्र प्रकाशन गर्ने बताइएको छ । गत १७ गते संघको नयाँ कार्यसमिति आगामी पाँच बर्ष चयन भएको थियो ।

अभिलेख

लोकप्रिय