१५ बैशाख २०८१, शनिबार

जिल्लाकै उत्कृष्ठ सहकारी 'दिदीबहिनी साकोस'

२१ चैत्र २०७२, आईतवार
जिल्लाकै उत्कृष्ठ सहकारी 'दिदीबहिनी साकोस'

sahakari dibas maygdiम्याग्दी । ५९ औं सहकारी दिवस म्याग्दीमा पनि विविध कार्यक्रम गरि मनाइएको छ । जिल्ला सहकारी संघ, म्याग्दीले सप्ताहव्यापी रुपमा अन्तरक्रिया तथा समारोहको आयोजना गरि दिवस मनाएका हुन् ।

दिवसको दिन शनिवार झाँकी सहितको ¥याली निकाल्नुका साथै जिविस सभाहलमा एक समारोहको आयोजना गरिएको थियो । सहकारी दिवसको अवसरमा सहकारी क्षेत्रमा उत्कृष्ठ कमल चनाउने रुप्से दैनिकका पत्रकार प्रताप बानियाँ सम्मानित भएका छन् । उनलाई नगद तिन हजार रुपैया सहित सम्मान गरिएको हो ।

यसैगरी जिल्लाकै उत्कृष्ठ सहकारी संस्थाको रुपमा दिदीबहीनी बचत तथा ऋण सहकारी सम्मानित भएको छ । जिल्लामा संचालित २ सय ९ सहकारी मध्येबाट दिदीबहिनी उत्कृष्ठ भएको हो । विश्वामित्र सहकारी संस्थालाई कदरप्रत्र प्रदान गरिएको थियो ।  झाँकीमा नारी जागृती महिला विकास बहुउद्देश्यीय सहकारी प्रथम, संगीनी बचत तथा ऋण सहकारी द्धितिय, दिदीबहीनी साकोस तृतिय र सौगात बहुउद्देश्यिय सहकारी संस्था सान्तोना भएको थियो ।

सहकारी दिवसको अवसरमा बेनीको संगिती बचत तथा ऋण सहकारी संस्थाले पिप्लेको मौवाफाँट स्थित ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका बालबालिकालाई ब्रेललिपी सहयोग गरेको छ ।

अभिलेख

लोकप्रिय