१५ बैशाख २०८१, शनिबार

जब सहकारीकर्मी सडकमै सुते !

२० जेष्ठ २०७३, बिहीबार
जब सहकारीकर्मी सडकमै सुते !

Sahakari-Piditकाठमाडाैं । ओरियन्टल सहकारी पीडित सदस्यहरुले विहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । सदस्यहरुले बीच सडकमै सुतेर संस्थाका अध्यक्ष सुधिर बस्नेतमाथि कडा कारवाही गर्न सरकारसँग माग प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका हुन् ।

बालुवाटार घेराउ गर्ने क्रममा सडकमा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको र केही सहकारीका सदस्यहरु घाइते बनेका छन् । सदस्यहरुले लामाे समय देखि अाफ्नाे रकम फिर्ता गराउन विभिन्न निकायलाई हार गुहार गरेका छन् । तर सरकारी तथा सहकारीका कुनैपनि निकायकाे ध्यान पुग्न सकेकाे छैन । सहकारीका विभिन्न संघ संस्थाहरुले यस विषयमा चासाे दिनुपर्नेभएपनि यसमा कसैकाे ध्यान पुग्न नसकेकाे एक पिडित सदस्यले बताए ।

प्रहरीले हस्तक्षेपमा घाईते भएकी एक सदस्य

प्रहरीले हस्तक्षेपमा घाईते भएकी एक सदस्य

सहकारीका विभिन्न निकायकाे पदमा बस्ने तर सहकारीका सदस्यलाई समस्या पर्दा कानमा तेल हालेर बस्ने प्रवृतिका कारण सहकारी प्रति अाम जनताकाे चासाे घट्दै गएकाे छ ।

अभिलेख

लोकप्रिय