१४ बैशाख २०८१, शुक्रबार

जनचाहना साकोस आफ्नै भवनमा, १५ हजार ५ सदस्यबीच ८ करोडको काराेबार

७ फाल्गुन २०७१, बिहीबार
जनचाहना साकोस आफ्नै भवनमा, १५ हजार ५ सदस्यबीच ८ करोडको काराेबार

मोरङ । उत्तरी मोरङको लेटाङ भोगटेनी न.पा. ५ स्थीत जनचाहना बचत तथा ऋण सहकारी संस्थाले अाफ्नै भवनबाट कराेबार शुरु गरेकाे छ । नवनिर्मित कार्यालय भवनको समुद्घाटन नेफ्स्कुनका अध्यक्ष ऋषीराज घिमिरेले गत शनिवार गरे ।

समुद्घाटन कार्यक्रममा घिमिरेले सहकारीको एकिकरणको विकल्प नरहेको बताए । कार्यक्रममा संस्थाका सचिव तेजप्रसाद तिम्सिनाबाट भवन निर्माणको ३२ लाखको प्रतिवेदन प्रस्तुत गरे । भवन निर्माणकार्यमा सहयाेग गरेकाे भन्नै इन्जिनियर दिपक राई, विष्णुप्रसाद खतिवडा, इन्द्रप्रसाद ढकाल, निर्माण ब्यवसायी बुद्धिमान तामाङलाई दोसल्ला र कदर पत्र सहित सम्मान गरिएको थियो ।

स्थापनाको २२ औँ वर्ष प्रवेश गर्दा संस्थाले १५ हजार ५ जना सदस्यबीच ८ करोड बराबारको काराेबार गरीरहेकाे छ । अध्यक्ष जनकलाल आचार्यको सभापतित्व  सम्पन्न भएकाे थियाे ।

अभिलेख

लोकप्रिय