१४ बैशाख २०८१, शुक्रबार

चन्द्रसुर्य साकोसको अध्यक्षमा पुनः वस्नेत

६ माघ २०७०, सोमबार
चन्द्रसुर्य साकोसको अध्यक्षमा पुनः वस्नेत

ललितपुर, ६ माघ । लगनखेल स्थित चन्द्रसुर्य वचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारण सभा शनिबार सम्पन्न भयो । सभामा राष्ट्रिय सहकारी बैंकका लेखा समिति संयोजक कुलचन्द्र अधिकारीले सहकारी मार्फत सामाजिक रुपान्तरणको लागि सहकारी अभियानलाई अझै थप उचाईमा लानुपर्ने बताए । यसका लागि सम्पूर्ण संघ संस्थाहरुको ऐक्यबद्धता जरुरी रहेको उनको भनाइ थियो ।

‘राष्ट्रिय सहकारी संघ सहित देशका सबै केन्द्रिय संघ तथा जिल्लास्तरिय संघहरुको ऐक्यबद्धताले मात्रै सिंगो अभियानलाई सकारात्मक गति दिन र यस क्षेत्रको विकास गर्न सहिन्छ ।’ उनले भने । त्यस्तै कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख शशी लम्सालले केहि सहकारीहरुले गरेको बदमासीको कारणले सिंगो अभियानलाई प्रत्यक्ष असर परेको हुँदा सबै सहकारीहरुलाई राज्यको कानुन र सहकारीका मुल्य मान्यता तथा सिद्धान्तहरुलाई आत्मसात गर्दै अगाडि बढ्न सुझाव दिए । जिल्ला सहकारी संघ ललितपुरका उपाध्यक्ष माधब तिमल्सिनाले सहकारी ऐन र नियमावलीको संसोधन तथा पुर्नलेखन कार्यका लागि सरोकारवालाहरुसँग घनिभुत छलफल र आवश्यक समन्वय गरेर मात्र गर्न सकिने बताए ।

सभाले आफ्ना सदस्यका छोराछोरीहरुमध्ये प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान तथा पुरस्कृत गरेको थियो । त्यस्तै सभामा राष्ट्रिय सहकारी बैंक र नेफ्स्कुनका नयाँ सञ्चालकलाई बधाई ज्ञापन सहित सम्मान गरिएको थियो । कार्यक्रमका अर्का आकर्षण हास्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेलको बजोड प्रस्तुतीले सभाहललाई अन्तिमसम्म खचाखच पारेको थियो ।

सभाले संस्थाको नियमित सम्पूर्ण एजेण्डाहरु लगायत आ.व. २०६९/०७० को लेखापरिक्षण प्रतिवेदन, आ.व. २०७०/०७१ को अनुमानित आय व्यय समेत पारित गरेको छ भने आगामी ३ वर्षको लागि रामशरण वस्नेतको नेतृत्वमा नयाँ कार्यसमितिको समेत निर्वाचन सम्पन्न गरेको छ ।

अभिलेख

लोकप्रिय