१४ बैशाख २०८१, शुक्रबार

आधुनिक कृषि र मुक्तकमैया सहकारीलाई च्याङ्फा ट्र्याक्टर अनुदान

२९ असार २०७१, आईतवार
आधुनिक कृषि र मुक्तकमैया सहकारीलाई च्याङ्फा ट्र्याक्टर अनुदान

कञ्चनपुर, २९ असार । कृषि विकास कार्यालय कञ्चनपुरले चालु आवमा कृषक समूहलाई अनुदानमा सात वटा च्याङ्फा ट्र्याक्टर उपलब्ध गराएको छ ।
कृषकलाई कृषि कार्य गर्नमा सहजता पुर्याउनका लागि च्याङ्फा ट्र्याक्टर उपलब्ध गराइएको हो । एकीकृत जल व्यवस्थापन कार्यक्रमअन्तर्गत गठित १० वटा समूहमध्ये चार वटा समूहलाई रु ७५ हजार अनुदान रकममा चार वटा च्याङ्फा ट्र्याक्टर उपलब्ध गराइएको कृषि विकास कार्यालय कञ्चनपुरका कृषि प्रसार अधिकृत रामचन्द्र भट्टले बताए ।
सोही समूहअन्तर्गतको शिवगङ्गा जलउपभोक्ता समूहअन्तर्गत गठित समूहलाई तीन वटा च्याङ्फा ट्र्याक्टरसहित धान रोप्ने मेसिन, कल्टिभेटर, रोटाभेटर उपलब्ध गराइएको उहाँले बताए । यसैगरी, सहकारी खेती कार्यक्रमअन्तर्गत दैजीको आधुनिक कृषि सहकारी संस्था र झलारीको नौखरी मुक्तकमैया सहकारी संस्थालाई एक÷एक थान च्याङ्फा ट्र्याक्टरसहित बोरिङ अनुदानमा उपलब्ध गराइएको छ ।
सहकारी खेती कार्यक्रमअन्तर्गत सञ्चालित प्रतिआयोजनाका लागि रु चार लाख २० हजार रकम प्रदान गरिएको अधिकृत भट्टले बताए ।
साना सिँचाइ कार्यक्रमअन्तर्गत चालु आवमा यहाँका विभिन्न ठाउँमा गठित ४९ कृषक समूहलाई अनुदानमा सिँचाइका लागि बोरिङ जडान गरिएको छ । प्रतिबोरिङका लागि रु तीन लाखका दरले रकम प्रदान गरिएकोे छ ।

अभिलेख

लोकप्रिय