१४ बैशाख २०८१, शुक्रबार

शुरु भयो नेफ्स्कूनमा राजनीतिक गन्ध !

२८ कार्तिक २०७३, आईतवार
शुरु भयो नेफ्स्कूनमा राजनीतिक गन्ध !

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)को २५ औं साधारणसभा पुष १ र २ गते गर्ने मिति तय भएको छ ।

साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएका कारण साधारणसभाको मिति दुई दिन तोकिएको हो । नेफ्स्कूनले मंसिर १५ गते भित्र आधिकारिक प्रतिनिधि माग गरेको छ । हाल सदस्यता विस्तारको काम व्यापक रुपमा बढेको छ । चुनावमा उठ्ने मनस्थिती बनाएका सहकारीकर्मीले आफ्नो पक्षम मत ल्याउन सदस्यता विस्तारमा जोड दिएका छन् । नेफ्स्कूनलाई सदस्यता विस्तार गर्ने यो अवसर पनि हो ।

राजनीतिक गन्ध
निर्वाचनको लागि नेशनल कोअपरेटर्स एलाईन्स (प्रजातन्त्रमा आस्था राख्ने सहकारीकर्मीहरुको संगठन) ले रणनीतिक योजना सहित चुनावमा अघि बढ्ने निर्णय गरेको छ । भेलाले नेफ्स्कुनको चुनाव लक्षित गरी रणनीतिक योजना सहित अघि बढि सफलता हासिल गर्ने निक्र्यौल गरेका छन् । भेलाले नेफ्स्कुनको चुनावका लागि राजेन्द्र पौडेलको संयोजकत्वमा चुनाव समन्वय कमिटी गठन गरेको छ । भेलाले चुनावी योजना तयार पार्नुका साथै अन्य विचारका प्रतिनिधिसँग सहकार्य गरी चुनावमा विजयी हुनेगरी सहभागी हुन टिम तयार गर्ने जिम्मा समितिलाई दिएको छ । समितिमा सोमनाथ सिग्देल, कमलराज अधिकारी र मनोज भण्डारी सदस्य रहेका छन् भने अन्य जिल्लाको प्रतिनिधि थप गरी चुनावी गतिविधि व्यापक बनाउने निर्णय भेलाले गरेको छ ।

छलफलमा एलाईन्स पक्षको बलियो उपस्थिती रहेको आँकल गर्दै चुनाव आफ्नो पक्षमा पार्न क्रियाशील हुने निर्णय गरेको छ । साधारणसभा आउन एक महिना अझै बाँकी छ । एलाईन्सले दुई महिना अघि देखि चुनाबी अभियान सुरु गरेको छ । दलगत रुपमा प्यानल आउने यस अभियानबाट प्रष्ट थाहा हुन्छ । सहकारीमा राजनीति गर्नु हुँदैन भन्दै हिड्ने अग्रज सहकारीकर्मीहरु दलगत रुपमा चुनाबको तयारी गर्नुलाई के भन्ने ? के याे राजनीति हाेइन, नेता ज्यू ?

प्रकाशित मिति : २०७३ कात्तिक २८ गते

अभिलेख

लोकप्रिय