१४ बैशाख २०८१, शुक्रबार

महिलाहरुको सारथी बन्दै मनहर्वा साना किसान

२७ जेष्ठ २०७३, बिहीबार
महिलाहरुको सारथी बन्दै मनहर्वा साना किसान
sana kisan

बारा । २०६० साल पौषमा स्थापना भएको साना किसान कृषि सहकारी संस्था लि.मनहर्वा स्थानिय महिलाहरुको सारथीको रुपमा विकास भएको छ ।

झण्डै १५ करोडको कारोबार गर्ने संस्थाका कुल सदस्यको ९७ प्रतिशत महिला सदस्य छन् । बैशाष महिना सम्म कुल १७ सय ७ शेयर सदस्य मध्ये ५१ जना मात्रै पुरुष छन् । भने बाँकी महिला । महिलाहरुद्वारा संचालित सहकारीले महिलाहरुको आर्थीक,सामाजीक र नेतृत्व विकासमा विभिन्न काम गर्दै आएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिईन ।
संस्थाले सामाजिक क्षेत्रमा काम गर्दै महिलाहरु सुत्केरी हुँदा स्याहार खर्च दिने, एकल वृद्धालाई सम्मान सहित आर्थीक सहयोग गर्ने । बिपद्मा परेका महिलाको परिवारमा खाध्यान्नका साथै विभिन्न खालको सहयोग गर्ने गरेको अध्यक्ष खड्काले जानकारी दिईन । महिलाहरुलाई ब्यवसायिक पशुपालन गर्न तालिम,अन्तर सहकारी भ्रमण र नेतृत्व विकास सम्बन्धी विभिन्न गोष्ठी भेला गर्दै आएको बताईन । त्यस्तै हाते कडाई ,ब्यूटी सियन र सिलाईबुनाई जस्ता कार्यक्रमहरु गर्ने गरेको छ ।

संस्थाले राष्ट्रिय विपद्का जस्तै सुनकोशि पिडीत तथा भुकम्प पिडितहरुका लागी विभिन्न निकाय मार्फत ८५ हजार सहयोग गरेको छ । चार्डपर्व अनुसारका कार्यक्रमहरु गर्दै महिलाहरुलाई श्रृङ्गार सामाग्रि प्रदान गर्ने काम समेत सहकारीले गर्दै आएको छ । महिलाहरुलाई खुत्रुके बचत, खुशि बचत र नियमित बचत गर्न लगाउने र आवश्यकता अनुसार सहुलिय ब्याजदरमा कृषि कर्जा प्रदान गर्ने गर्दछ ।

सहकारी मनहर्वा र उत्तरझिट्कैया गाविसमा कार्यालय खोलि आफ्नो सेवा विस्तार गरेको छ । महिलाहरुमा बचत गर्ने बानीको विकास गरी उनीहरुलाई ब्यवसायिक बनाउने खालका परियोजनामा लगानी गर्ने काम संस्था गर्दै आएको छ । बिशेष गरी कृषि उत्पादन वृद्धिमा सहयोग गर्न संस्थाले माटो परिक्षण ल्याब सुविधा प्रदान गर्दै आएको अध्यक्ष खड्काले बताईन ।
२ सय ३६ जना मिलेर मासिक १० रुपैयाका दरमा बचत जम्मा गर्दै संचालनमा ल्याईएको सहकारीले ८ कारोड आन्तरिक पूँजी संकलन गर्न सफल भएको छ । आ.ब. २०७२।०७३को बैशाख मसान्त सम्म संस्थाले ८ करोड ४५ लाख ६८ हजार लगानी र ७ करोड ५३ लाख ३८ हजार असुली गरेर २६ लाख ५३ हजार नाफा गर्न सफल भएको जनाएको छ ।

सदरमुकामबाट १० किलो मिटर उत्तरमा रहेको सहकारीले ग्रामिण क्षेत्रमा रेमिट लगायतका सुबिधा संचालनमा ल्याएका कारण यसक्षेत्रका नागरिकले दिनभर माया मारेर अन्यत्र धाउनु पर्ने बाध्यताबाट मुक्ति पाएको स्थानिय चमेली लोप्चन बताइन् ।

अभिलेख

लोकप्रिय