१४ बैशाख २०८१, शुक्रबार

कर नतिरी फरार हुने दाउमा टेलियासोनेरा

९ बैशाख २०७३, बिहीबार
कर नतिरी फरार हुने दाउमा टेलियासोनेरा

teliasonera-ncellकाठमाडौं । यतिबेला कर्पोरेट जगतमा एनसेल सेयर खरिद विक्री प्रकरणले निकै चर्चा पाएको छ ।

विशेषगरी सेयर बिक्री गरेबापत तिर्नुपर्ने पूँजीगत लाभकरको विषयमा विगत केही महिनादेखि चर्को वहस भइरहेको छ । अन्ततः नेपाल सरकारले पूँजीगत लाभकर लिने प्रक्रिया अघि बढाएको छ । तर पूँजीगत लाभकर तिर्नुपर्ने दायित्व भएको एनसेलको माउ कम्पनी टेलिया सोनेरा स्वीडेनले भने सेयर बिक्री वापत तिर्नुपर्ने रकम बुझाउन आनाकानी गरेर नेपालबाट फरार हुने दाउमा देखिएको छ ।

अन्तर्राष्ट्रिय सिद्धान्त र प्रचलन अनुसार पूँजीगत लाभकर तिर्नुपर्ने दायित्व सेयर विक्री गर्ने कम्पनीको हुनेगर्छ । सेयर विक्री गरेबापत पूँजीगत लाभ हुने भएकाले उक्त कम्पनीले लाभ वापतको कर राज्यलाई बुझाउनुपर्ने यसको सिद्धान्त हो । एनसेल सेयर विक्री सम्बन्धमा यसको सेयर विक्री गर्ने कम्पनी स्वीडेनको टेलियासोनेरा हो । स्वीडेनमादर्ता रहेको टेलीयासोनेराले एनसेलको ८० प्रतिशत सेयर मलेसीयामा रहेको एक्जीएटा ग्रुपले खरिद गर्ने प्रक्रिया अघि बढीसकेको छ ।

सेयर खरिद–बिक्रीको कारोवारमा स्वभाविक रुपमा लाभ वा हानी हुने सम्भावना रहन्छ । एनसेलको प्रस्तावित सेयर खरिद–बिक्रिमा बिक्रि मूल्य र बिक्रि गरिने सेयरको लागत हिसाब गर्दा बिक्रेतालाई उल्लेखनिय लाभ हुने देखिन्छ । त्यसैले टेलियासोनेरा पुजिगत लाभकर तिनुपर्ने दायित्वबाट उम्कन पाउदैन । तर विक्री प्रक्रिया अघि बढेको यतिका दिनसम्म पुजिगत लाभकर तिर्ने सम्बन्धमा भइरहेको ढिलाईले टेलियासोनेरा कतै करै नतिरी फरार हुने त हैन भन्ने आशंका उत्पन्न भएको छ ।

गत डिसेम्बरमा टेलिया सोनेराले एनसेलमा रहेको ८० प्रतिशत सेयर मलेसियन कम्पनी एक्जियटालाई १ सय ४० अर्ब रुपैयामा विक्री गर्ने सम्झौता निर्णय गरेको थियो । उक्त विक्री वापत टेलिया सोनेराले नेपाल सरकारलाई करिब ३२ अर्ब रुपंैया राजश्व बुझाउनुपर्ने हुन्छ । तर सो दायित्व पूरा गर्न आनाकानी गरेकाले टेलियासोनेरा कर नतिरी फरार हुने त हैन भन्ने आशंका पैदा भएको हो । त्यसैले नेपाल सरकारले टेलियासोनेरालाई पत्राचार गर्दै कर तिर्नलाई दबाब दिनु आवश्यक भएको यस मामिलाका जानकारहरुले सुझाव दिएका छन् ।

अभिलेख

लोकप्रिय