१४ बैशाख २०८१, शुक्रबार

अाज ६५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस

७ फाल्गुन २०७२, शुक्रबार
अाज ६५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौं । विसं २००७ फागुन ७ गते राप्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।

एक सय चारवर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै राजा त्रिभुवनले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गर्नुभएको थियो । राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । प्रजातन्त्र स्थापनाका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण फैल्याएको अभियोगमा उहाँहरुलाई मृत्युदण्ड दिइएको थियो । विसं २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र आन्दोलनले नेपालमा प्रजातन्त्र स्थापना गरेको थियो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ ।

अभिलेख

लोकप्रिय