१४ बैशाख २०८१, शुक्रबार

५० पैसाको शुरुवातबाट १ अरब

१६ मंसिर २०७१, मंगलवार
५० पैसाको शुरुवातबाट १ अरब

नवलपरासी । गैडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २५औं वार्षिक साधारण सभा यहि मंसिर १२ गते सम्पन्न गरेको छ ।

संस्थाले विगतमा प्रदान गरेको शिप तथा व्यवसायीक तालिम लिए पश्चात आफ्ना व्यावसायिक सदस्यहरुद्वारा उत्पादित वस्तुहरुको विक्री प्रवद्र्नधका लागी विक्रीकक्ष राखि साधारण सभालाई महोत्सवको स्वरुप दिईएको थियो । यसरी व्यावसायिक सदस्यहरुलाई अन्य सबै सदस्य माझ चिनाएर विकूले सवैलाई व्यावसायिक बन्न उत्प्रेरित गरेको एक सदस्यले बताएका छन् । अर्थमन्त्री डा.रामशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारण सभामा नेपालको सहकारी क्षेत्रको विकास र विस्तारमा पु¥याएको योगदानको उच्च मुल्याङ्गन गदै विकू राष्ट्रिय सहकारीता पुरस्कारबाट राष्ट्रिय सहकारी संघका अध्यक्ष केशबप्रसाद बडाल सम्मातिन भएका थिए ।

५० पैसाबाट सुरुवात गरिएको अभियान अहिले एक अरबको हाराहारीमा पुगिसकेको छ । प्रतिव्यक्ति ५ हजारबाट सुरुवात गरिएको ऋण लगानीको अभियान अहिले प्रतिव्यक्ति ५० लाखसम्म पुगेकोसंस्थाका अध्यक्ष हरिलाल सापकोटाले बताए ।

साधारणसभामा सहभागी सहस्यहरु

साधारणसभामा सहभागी सहस्यहरु

संस्थाको संस्थागत विकास, जनशक्ति विकास, सदस्यहरुमा व्यावसायिकताको विकास गर्दै अझ जुझारु र सशक्त भएर अगाडि बढ्दै विकूले अब सहकारी अभियानको नेतृत्व गर्नुपर्ने कुरामा सापकोटाले जोड दिए । उक्त सभामा संस्थाका सचिव बिरभद्र सापकोटाले बार्षिक नीति तथा कार्यक्रम र कोषाध्यक्ष कालिदाश गौडेलले वित्तिय लक्ष्य तथा बजेट प्रस्तुत गरेको थिए ।

२०४८ सालमा दैनिक ५० पैसाको अभियानबाट सुरूवात गरिएको यस संस्थाले २३औं वर्ष पार गर्दा अर्थात् २०७१ आषाढ मसान्तसम्म शेयर पूूँजी र अन्य कोषहरुको गणना गर्दा १४ करोड ७१ लाख ४३ हजारभन्दा बढी पुँजी कोष निर्माण गरिसकेको छ ।

त्यस्तै ऋण लगानी २ अरब १५ करोड ८२ लाख ९४ हजारभन्दा बढी ऋण लगानी गर्न सफल भएको छ । आर्थिक वर्ष २०७०/०७१ को अन्तसम्ममा कुल सम्पत्ति गत वर्षको तुलनामा करिब ३५ प्रतिशतले वृद्धि भई ८२ करोड ९१ लाख ६१ हजार १ सय २१ पुगेको छ । गत आ.व.२०७०/०७१ मा कूलआम्दानी ८ करोढ ५५ लाख ५ हजार ५ सय र खर्च करोड ५२ लाख ६२ अजा ८ सय २९ भई सञ्चालन मुनाफा ३ करोड २ लाख ४२ हजार ६ सय ७२ रुपैंया भएको छ ।

संस्थामा ६८१५ जना महिला, ५७७८ जना पुरूष सदस्य रहेका छन् । कार्तिक मसान्तसम्म संस्थाको कुल चुक्ता शेयर पुँजी ६ करोड ६५ लाख ६६ हजार ५ सय पुगेको छ । संस्थाले यस आर्थिक वर्षको अन्य सम्ममा शेयर पुँजी ९ करोड, निक्षेप सङ्कलन ९६ करोड ४७ लाख, त्यसै गरि ऋण लगानी ८६ करोड ५० लाख पुर्याइ कुल पुजि १ अर्व १६ करोड ४४ लाख पुर्याउने लक्ष्य लिएको छ ।

अभिलेख

लोकप्रिय