१४ बैशाख २०८१, शुक्रबार

नेफ्स्कून निर्वाचनः विनियममा चार वर्षे कार्यकाल, एक वर्ष अघिनै निर्वाचन किन?

६ मंसिर २०७६, शुक्रबार
नेफ्स्कून निर्वाचनः विनियममा चार वर्षे कार्यकाल, एक वर्ष अघिनै निर्वाचन किन?

काठमाडौं, ६ मंसिर ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को २७ औं साधारणसभाले सञ्चालक समितिको कार्यकाल चार वर्षको हुने निर्णय गर्यो । उक्त निर्णय सहकारी विभागबाट स्विकृती भैसकेको छ ।

तर कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले पौष ४ र ५ गते निर्वाचनसहितको साधारणसभा गर्ने निर्णय गरेको छ । यसो हुदाँ सञ्चालक समिति चयन भएको तीन वर्ष मात्र पुग्नेछ । नेफ्स्कूनको विनियम अनुसार वर्तमान सञ्चालक समितिको कार्यअवधि अझै एक वर्ष बाँकी छ ।

विनियममा व्यवस्था भए विपरित निर्वाचन सहितको साधारणसभा तय भएको नेफ्स्कूनका एक सञ्चालकले सहकारीखबरलाई बताए । विनियममा सञ्चालकको कार्यकाल चार वर्ष, एक वर्ष अघिनै निर्वाचन गर्न मिल्छ ? भन्ने प्रश्नमा ती सञ्चालकले भने, ‘बोर्डबाट स्विकृती भैसकेको छ । हुन्छ’

यदी कुनै व्यक्तिले एक वर्ष अझै बाँकी हुँदा हुँदै किन निर्वाचन ? भनेर मुद्दा हालेको अवस्थामा नहुन पनि सक्छ, ती सञ्चालकले भने ।

पढ्न छुटाउनु भयो की ?

नेफ्स्कूनमा पुनः अध्यक्ष उठ्ने डिबी बस्नेतको घोषणा, परितोष पौडेल देश दौडाहामा

अभिलेख

लोकप्रिय