१४ बैशाख २०८१, शुक्रबार

सहकारीको दोहोरो सदस्यता त्याग्न स्थानीय तहको निर्देशन, कारबाही गर्ने समेत चेतावनी

२७ भाद्र २०७६, शुक्रबार
सहकारीको दोहोरो सदस्यता त्याग्न स्थानीय तहको निर्देशन, कारबाही गर्ने समेत चेतावनी

ललितपुर, २७ भदौ
गोदावरी नगरपालिकाले सहकारीको दोहोरो सदस्यता त्याग्न सूचना जारी गरेको छ ।

सहकारी ऐन २०७४ अनुसार एकै स्थानीय तह भित्र कार्यसञ्चलन गरीरहेका एकै प्रकृतिका एकभन्दा बढी सहकारीको सदस्यता लिन नपाउने व्यवस्था रहेको छ । सोही अनुसार २०७७ असोज मसान्त भित्र एउटा मात्र सहकारी छनोट गर्न सूचना जारी गरेको हो ।

यदी दोहोरो सदस्यता नत्यागेमा कारबाही समेत गरिने चेतावनी नगरपालिकाले दिएको छ ।

सहकार िऐन २०७४ कात्तिक १ गते जारी भएको थियो । ऐनको दफा ३२ को उप दफा (१) मा एक स्थानीय तहको एकै प्रकृतिको एक भन्दा बढी सहकारीको सदस्यता हुन नपाउने व्यवस्था छ ।

अभिलेख

लोकप्रिय