१५ बैशाख २०८१, शनिबार

१६ प्रतिशत अधिकतम ब्याजदरको विरोध

२३ श्रावण २०७६, बिहीबार
१६ प्रतिशत अधिकतम ब्याजदरको विरोध

काठमाडौं, २३ साउन
काठमाडौंका सहकारीकर्मीहरुले सरकारले सहकारीको सन्दर्भ ब्याजदरमा कर्जा लगानी अधिकतम १६ प्रतिशत तोकिदिएपछि विरोध गरेका छन् ।

सन्दर्भ ब्याजदरको विषयमा काठमाडौंमा आयोजित ‘सहकारीको स्वायत्तता र स्वतन्त्रता मा सन्दर्भ ब्याजदर’ विषयक अन्तरक्रिया कार्यक्रममा सहकारीकर्मीहरुले विरोध गरेका हुन् । सहकारी स्वायत्तता र स्वतन्त्र हुने भन्दै सरकारले तोकेको व्याजदर तत्काल संशोधन गर्न आग्रह गरेका छन् ।

काठमाडौंको हकमा १६ प्रतिशत ब्याजदरले कर्जा लगानी गर्न नसकिने तर्क गरे । वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गर्नु पर्ने अवस्था रहेको भन्दै संस्था चलाउनै नसकिने बताएका थिए ।

उनीहरुले सहकारी अभियानका तर्फबाट ब्याजदर निर्धारण समितिका सदस्यप्रति आक्रोश पोखे । १६ प्रतिशत कर्जाको ब्याज सिमाले निक्षेप घट्ने र कर्जा बढ्ने उनीहरुको तर्क थियो । कार्यक्रममा बोल्ने सहभागीहरुले ब्याजदर निर्धारणले स्वतन्त्र र स्वायत्ता हनन भएको बताएका थिए ।

अभिलेख

लोकप्रिय