१४ बैशाख २०८१, शुक्रबार

विकू सहकारीले दियो ४० विद्यार्थीलाई एक वर्षको शुल्कसहित शैक्षिक सामग्री

११ बैशाख २०७६, बुधबार
विकू सहकारीले दियो ४० विद्यार्थीलाई एक वर्षको शुल्कसहित शैक्षिक सामग्री

गैंडाकोट, ११ बैशाख
‘हाम्रो लक्ष्य, खुशी एवं स्वस्थ सदस्य’ भन्ने आदर्श मार्ग दर्शन अनुसार वित्तिय साक्षरता, स्वास्थ्य साक्षरता र प्रविधि साक्षरतालाई अवलम्बन गर्दै आएको विकू बचत तथा ऋण सहकारी संस्थाले नियमित प्रदान गर्दै आईरहेको ‘विकू दिर्घकालिन छात्रवृति’ वितरण गरेको छ ।

विजय विकास स्रोत केन्द्रको सभाहलमा एक कार्यक्रमको बीच संस्थाले सदस्यका छोराछोरीलाई कार्यक्रममा ‘विकू दिर्घकालिन छात्रवृति’ वितरण गरेको हो । कार्यक्षेत्र भित्र रहेका संस्थाका विपन्न सेयर सदस्यका छोराछोरीलाई पोशाक, झोला, जुत्ता, मोजा, कपि, कलम, ज्यामिट्री बक्स, क्यालकुलेटर, रजिष्ट्रर लगायतका सामग्री प्रदान गरिएको संस्थाका क्षेत्रिय प्रमुख पूर्णप्रसाद सापकोटाले जानकारी दिए ।

जिल्लाका २५ वटा सामुदायिक विद्यालयका ४० जना विद्यार्थीलाई १ वर्षभरि लाग्ने विद्यालय शुल्क सहितको सो सामग्री प्रदान गरिएको उनले जानकारी दिए । उनका अनुसार १ देखि ४ कक्षा सम्मका ११ जना, ५ देखि ७ कक्षा सम्मका १९ जना र ८ देखि १० कक्षा सम्मका १० जना गरी ४० जनालाई छात्रवृति प्रदान गरिएको हो ।
कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशवप्रसाद सापकोटाले कठोर तपस्या र मेहनतले सफलता प्राप्त हुने जनाउँदै विद्यार्थीलाई मेहनत र सहयोगी भावनको विकास गर्न आग्रह गरे । विकूको हालको स्थान सोही तपस्या र मेहनतले बनेको उनको भनाई थियो । साथै उनले सदस्य हितका कार्यक्रम ल्याएको जनाउँदै आगामी दिनमा कल सेन्टर लगायतका नयाँ कार्यक्रम तय गरिएको बताए ।

मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द्रबहादुर राना, देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले पनि मन्तव्य राखेका थिए ।

२०४८ सालमा २६ जना सदस्यले १३ रुपैंयाको पुँजीबाट शुरु गरेको विकू सहकारीमा हाल ४ अर्बको पुँजी रहेको छ भने ५५ हजार सेयर सदस्य रहेका छन् । ४ पटकसम्म एक्सेस ब्रान्ड प्राप्त गर्न सफल सहकारीले जिल्लामा १२ वटा सेवा केन्द्रमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गर्दै वित्तिय तथा गैरवित्तिय सेवा प्रदान गर्दै आईरहेको छ ।

अभिलेख

लोकप्रिय