१४ बैशाख २०८१, शुक्रबार

'सहकारी सन्दर्भ' कार्यक्रमका प्रस्तोता कृष्णचन्द्र बस्नेत सम्मानित

२७ पुष २०७५, शुक्रबार
'सहकारी सन्दर्भ' कार्यक्रमका प्रस्तोता कृष्णचन्द्र बस्नेत सम्मानित

basnet
काठमाडौं, २७ पुस
बहुउद्देश्यीय सहकारी संघ, ललितपुरको छैठौं साधारणसभाबाट कृष्णचन्द्र बस्नेत सम्मानित भएका छन् । क्लासिक एफएममा विगत ५ वर्षदेखि सन्दर्भ सहकारी सञ्चालन गर्दै आएका बस्नेतले सहकारी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित भएका हुन् ।
बिहीबार भएको संघको साधारणसभाको अवसरमा पत्रकारिता मार्फत सहकारी क्षेत्रको विकास र प्रर्वद्धनमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मानित भएका हुन् । नेपाल बहुउद्देश्यीय संघका अध्यक्ष सुरेन्द्र भण्डारीबाट उनी सम्मानित भएको हो ।
बस्नेतले विगत ५ वर्षदेखि क्लासिक एफएम १०१.२ मेगाहर्जमा सन्दर्भ सहकारी कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

अभिलेख

लोकप्रिय