१४ बैशाख २०८१, शुक्रबार

विशाल को–अपरेटिभले कास्की कै उत्कृष्ट : प्राचार्य अधिकारी

२८ श्रावण २०७४, शनिबार
विशाल को–अपरेटिभले कास्की कै उत्कृष्ट : प्राचार्य अधिकारी

Bishal coop

पोखरा । पोखराको बुद्धविशाल बजार स्थित विशाल को–अपरेटिभको १८औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भुवन नेम्कुलको अध्यक्षतामा र सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य बद्रिनाथ अधिकारीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

bishal coop1

साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्राचार्य अधिकारीले सहकारी बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई उद्यमशील क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

विशाल को–अपरेटिभले कास्कीको उत्कृष्ट सहकारीको पहिचान बनाउन सफल भएको समेत अधिकारीले बताए ।
साधारणसभाले सञ्चालक समितिको प्रतिवेलन, लेखा समितिको प्रतिवेदन, संस्काको वार्षिक कार्यक्रम तथा बजेट सर्वसम्मत पास गरेको संस्थाका सचिव तथा प्रबन्ध निर्देशक सुदिप ढकालले जानकारी दिए ।

सदस्य सम्मानित
साधारणसभामा संस्थाले आफ्ना उत्कृष्ट कारोबार गर्ने सदस्यहलाई सम्मान गरेको छ । यस वर्ष संस्थाले भोजराज गौतम, नबिन शर्मा, रामदेवी तिलिजा र कुश कार्कीलाई सम्मान गरेको छ ।
त्यसैगरी ७५ वर्ष पुरा भएका ज्येष्ठ सदस्यलाई वार्षिक पेन्सन वितरण गरेको छ । संस्थाको उत्कृष्ट कर्मचारी वरिष्ठ बजार प्रतिनिधि रमेशप्रसाद तिवारी तथासदस्यका छोराछोरी मध्येबाट प्रमाणपत्र तहमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने अनिता बराल पुरस्कृत भएका छन् ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी संघका सचिव दीपक आचार्य, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख केदारनाथ उप्रेतीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अभिलेख

लोकप्रिय