१४ बैशाख २०८१, शुक्रबार

सहकारी एकीकरणका वाधा तथा चुनौतीहरु

७ पुष २०७३, बिहीबार
सहकारी एकीकरणका वाधा तथा चुनौतीहरु

margeसहकारीको एकीकरणको क्रममा देखिने बाधा तथा चुनौतीहरुलाई व्यवसायीक तथा गैर व्यवसायीक दुई भागमा राखेर अध्ययन गर्नु उपयुक्त देखिन्छ ।

व्यवसायीक चुनौती

व्यवसायीक चुनौतीहरुमा पहिलो कुरा लघु आकारको व्यवसायीक ईकाइमा काम गरिरहेको अवस्थामा बृहत व्यवसायीक इकाइमा परिणत भएपछि कारोवारमा अव्यवस्था आउन सक्ने सम्भावना रहन्छ । संचालक समिती तथा कर्मचारीहरुलाई पर्याप्त तालिम दिई दक्षता वृद्धि गरिएन भने सहकारी संस्थाहरुको एकीकरण पछिको नीति नियममा हुने परिवर्तनले सदस्यलाई काम गर्न असुविधा पुग्ने हुन्छ । यसै गरी अनुभवका आधारमा संचालन गरिएका सहकारी संस्थाहरुलाई निश्चित व्यवस्थापन पद्धति अंगालेर संचालन गर्नु जटिल काम भएकाले कार्यगत जटिलता थप हुदै जाने हुन्छ । यस वाहेक व्यवसायीक वस्तु तथा सेवा उत्पादनको क्षेत्रमा विविधता रहने र विविध अनुभव भएका संचालक तथा कर्मचारीहरु मिसिने हुदा कसरी गर्ने भन्ने सम्बन्धमा चर्काे विवाद सृजना हुन सक्ने देखिन्छ ।

गैर व्यवसायीक चुनौती

गैर व्यवसायिक चुनौतीहरुमा सबैभन्दा चर्काे पक्ष भनको साना संस्थाहरुमा बसेर काम गरेका व्यक्तिहरु ठुलो संस्थामा आबद्ध हुदा संस्थाभित्र एकताभाव र पारस्परिक विश्वासमा कमि देखिन सक्ने अवस्था रहन्छ ।

संस्थाको कार्य गराईमा अलमल हुन सक्ने र सदस्यहरुले पाउने सेवामा दु्रतता नहुने हुदा सदस्यहरुको सहभागिता र सकृयातामा कमी आउन सक्ने देखिन्छ । वर्तमान नेपालको परिदृश्यका हिसावले हेर्ने हो भने सहकारी संस्थाहरुको गठन एक भेगका वासिन्दाहरु, एक जाति वा वर्गका व्यक्तिहरु, एक वैचारिक आस्थाका व्यक्तिहरु वा लाभका लागि संगठित हुने परिवार संलग्न भएको पाईएको छ ।

सबै विचारहरु राख्ने व्यक्तिहरु समावेश भएका पुराना बहुउद्धेश्यीय सहकारी संस्थाहरुको निर्वाचन राजनैतिक दलगत आवद्धताका आधारमा हुने र पराजित उम्मेरदवारहरुले राजनैतिक प्रतिपक्षको धर्म निर्वाह गर्ने गरिएको पाईएको छ । सहकारी संस्थाहरु गैर राजनैतिक तथा गैर धार्मिक व्यवसायीक इकाई हो भनी परिभाषित गरिएता पनि व्यवहारमा त्यसले मुर्त रुप पाउन अझै केही समय पर्खनु पर्ने अवस्था रहेको छ ।

सहकारी दर्पण २००८

अभिलेख

लोकप्रिय