काठमाडौं, १६ भदौ
पाँचतारा बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आागामी ४ वर्षे कार्यकालको लागि भोलानाथ पाठकको अध्यक्षतामा निर्विरोध नयाँ सञ्चालक समिति चयन गरेको छ ।
संस्थाको द्वितीय उपाध्यक्षमा विजया मल्ल, सचिवमा लोचनहरि प्रसाईं, कोषाध्यक्षमा कुमार बिमली र सदस्यहरुमा रेणुका प्रधान, विन्दा कुँवर, हरिबंश कडरिया र गोपालबहादुर तामाङ रहेका छन् । त्यसैगरी लेखा समिति संयोजकमा सुशील प्रसाईं र सदस्यहरुमा खेमराज पोखरेल र नवराज प्रसाईं रहेका छन् ।
नेफ्स्कुनकाअध्यक्ष डिबी बस्नेतको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । सभामा शुभकामना मन्तब्य दिँदै अध्यक्ष बस्नेतले नेफ्स्कुनले सञ्चालन गरेका ३ मध्ये एउटा ब्राण्डिङ कार्यक्रममा संस्थालाई सहभागि गराउन सुझाव दिए । नेफ्स्कुनको मुलधारमा आएर नीति, विधि र प्रविधिमा अगाडि बढे संस्थाले छुट्टै पहिचान बनाउने बताए ।
अध्यक्ष पाठकले आफूलाई पूनः संस्थाको नेतृत्व लिने अवसर प्रदान गरेकोमा सम्पूर्ण सदस्यहरुलाई धन्यवाद दिँदै आफूले बोल्ने भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता जनाए । सदस्यहरुले दिएको दायित्वलाई पूरा गरेरै छाड्ने र सबैको सहयोग र सद्भावको अपेक्षा उनले गरे ।