२० बैशाख २०८१, बिहीबार

धौलागिरिका ५९ सहकारीलाई कारवाही गर्ने तयारी

१० माघ २०७०, शुक्रबार
धौलागिरिका ५९  सहकारीलाई कारवाही गर्ने तयारी

पर्वत, १० माघ ।डिभिजन सहकारी कार्यालय बाग्लुङले सहकारी ऐन अनुसार सञ्चालन नभएका धौलागिरि अञ्चलका ५९ वटा सहकारी संस्थालाई कारवाही गर्ने तयारी गरेको छ । सहकारीको सिद्धान्त, मुल्य र मान्यता अनुरुप संचालन नभएका सहकारीलाई कारवाही गर्न प्रक्रिया अगाडि बढाएको हो ।
 
कार्यालयले सहकारी ऐन २०४८को दफा ३४ बमोजिम सञ्चालन नभएका सहकारीलाई सचेत गराएर चेतावनी पत्र समेत पठाइसकेको जानकारी दिएको छ । कारबाहिमा पर्नेमा पर्वतका ३२, बागलुङका १७, म्याग्दीका ६ र मुस्ताङका ४ वटा सहकारी रहेका छन् । ती सहकारीले लेखापरिक्षण प्रतिवेदन, नाफा विवरणको योजना, संचालकहरुको नामावली तथा बाँकी कार्यविधिको विवरण, साधारण सभाको बैठक मासिक प्रगति प्रतिवेदन नपठाएको डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।
 
धौलागिरिका चारै जिल्लाका ती सहकारी संस्थाले नियमित बुझाउनु पर्ने विवरण समेत नबुझाएपछि कारवाहिको प्रकृया शुरु गरेका हौ उनले भने ।कारोबारबाट

अभिलेख

लोकप्रिय