State:
District:
City:
Address:
Email:
Phone:
Website:

२०५२ साल आषाढ १५ गते महिला ६ जना र पुरुष १९ जना गरी २५ जना सदस्यहरुको भेलावाट सदस्यहरुलाई आफूले आर्जन गरेको आयवाट नियमित रुपमा बचत गर्न उत्प्रेरित गर्ने र संकलन भएको पूँजी तथा रकमबाट उत्पादनमूलक तथा आवश्यकता टार्न उचित व्याजदरमा सरल र सुलभ तरिकाले ऋण प्रवाह गरी सदस्यहरुको सामाजिक तथा आर्थिक अवस्था सुधार गर्ने मूख्य उद्देश्यकासाथ सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ अन्तरगत २०५३ साल जेष्ठ १ गते जिल्ला सहकारी कार्यलय नवलपरासीमा विधिवत दर्ता भएको हो।
सहकारी संस्थाको संख्यात्मक भन्दा गुणात्मक वृद्धी गरौ भन्ने भावनालाई आत्मसाथ गर्दै मिति २०५९ पौष ३० गतेका दिन जिल्ला सहकारी कार्यालय नवलपरासीमा विधिवत दर्ता भई आफ्नो कार्य संचालन गर्दै आएको गैंडाकोट गा.वि.स. वडा नं. ३ स्थित श्री पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लि. लाई सहकारी ऐन २०४८ अनुसार विधिवत एकिकरण गरिएको थियो भने आ.व. ०६५/०६६ मा गैंडाकोट गाविस वडा नं. २ स्थित भृकुटी कागज कारखानामा कार्यरत कर्मचारीहरुवाट संचालित बचत कार्यक्रमलाई यसै संस्थामा समाहित गरि सेवा प्रदान गरिएको छ। यसै गरि गैडाकोट गाविस वडा नं. २ स्थित अन्नपूर्णा बहुउद्देश्यीय सहकारी संस्थालाई यसै संस्थाको १६ औ वार्षिक साधारण सभाको शुभ-अवसरमा एकिकरण गर्ने निर्णय गर्नुको साथै मिति २०६८ पौष २७ गते डिभिजन सहकारी कार्यालय नवलपरासीबाट उक्त संस्थाको सम्पूर्ण पूँजी तथा दायित्व यसै संस्थामा समाहित गरी एकिकृत सेवा प्रदान गरिएको छ।
परिकल्पना
“समुदायमा आधारित गुणस्तरीय र दीगो वित्तिय सेवा प्रदायक एक उत्कृष्ट साकोस”
ध्येय
सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थामा सुधार गर्न गुणस्तरीय, अत्याधुनिक प्रविधियुक्त ,प्रतिस्पर्धी, सर्वशुलभ, वित्तिय तथा अन्य सेवा उपलब्ध गराउने।
| # | Fiscal Year | Bonus | Refund Amount |
|---|---|---|---|
| 1 | - | - |