किसान साकोसले ८.८८ प्रतिशतमै लगानी गर्ने, १ वर्षसम्म स्थिर ब्याजदर

काठमाडौं : किसान बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई वार्षिक ८.८८ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । संस्थाले ‘किसान स्मार्ट उद्यमी ऋण’ मार्फत सदस्यलाई ५० लाख रुपैयाँसम्म लगानी गर्ने भएको हाे ।
कर्जाको अविधि १० वर्षसम्म रहने र एक वर्षसम्म ब्याजदर घटबढ नहुने संस्थाले जनाएको छ । उत्पादन, प्रशोधन, प्याकेजिङसँग सम्बन्धीत उद्यमलाई मात्रै कर्जा प्रवाह गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिनाले जानकारी दिए । संस्थासँग २३ प्रतिशतभन्दा बढी तरलता रहेको र तरलता व्यवस्थापन गर्नको लागि कर्जाको नयाँ प्रडक्ट डिजाईन गरिएको उनले बताए ।
२०८१ मंसिर मसान्तसम्म संस्थाको सेयर पुँजी ३५ करोड १३ लाख ७७ हजार ८ सय रहेको छ । संस्थाको जगेडा कोषमा २० करोड ९९ लाख, अन्य कोषमा ४ करोड ४९ लाख रहेको छ ।
संस्थाको संस्थागत पुँजी २३ करोड २६ लाख रहेको छ । कुल बचत ३ अर्ब १६ करोड ७५ लाख, लगानी २ अर्ब ४५ करोड ९५ लाख रहेको छ ।
संस्थामा ९२ हजार ६० जना सदस्य आवद्ध छन् भने १० हजार १३५ जनाले कर्जा उपभोग गरेका छन् । संस्थाको कुल सम्पत्ति ३ अर्ब ९० करोड ५१ लाख रहेको छ ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार