२२ बैशाख २०८१, शनिबार

सहकारी विभाग प्रमुख अधिकारी बने गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री

२५ चैत्र २०८०, आईतवार
सहकारी विभाग प्रमुख अधिकारी बने गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री

गण्डकी : गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेको हो । यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुखसहित) र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गरेका थिए ।

कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । नेपाली कांग्रेसले भने मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ । राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।

यसैबीच मुख्यमन्त्री अधिकारीले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुखको निवासमा आयोजित सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री सपथ खुवाएका हुन् । उनी नेकपा एमाले सहकारी तथा गरिबी निवारण विभागका प्रमुख पनि हुन् ।

अधिकारी राष्ट्रिय सहकारी महासंघका सल्लाहकार पनि हुन् ।

अभिलेख

लोकप्रिय