२२ बैशाख २०८१, शनिबार

सहकारी दिवसमा रामकोट सहकारीले रच्यो इतिहास

२२ चैत्र २०८०, बिहीबार
सहकारी दिवसमा रामकोट सहकारीले रच्यो इतिहास

धादिङ : ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रामकोट बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको खुला रक्तदान कार्यक्रमले इतिहास रचेको छ ।

कार्यक्रममा १५६ जना पुरुष र ७० जना महिला गरि २२६ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा सम्पन्न गरिएको रक्तदानमा धादिङ जिल्लाको इतिहास रचेको हो ।

एउटै कार्यक्रमबाट हालसम्म यतिधेरै रक्तदान भएको थिएन । यस अघि सबैभन्दा बढी ज्वालामुखी गाउँपालिकामा २१६ जनाले रक्तदान गरेको थियो ।

अभिलेख

लोकप्रिय