२२ बैशाख २०८१, शनिबार

सहकारी दिवसमा धनुषाका ६ अभियानकर्मी सम्मानित

२२ चैत्र २०८०, बिहीबार
सहकारी दिवसमा धनुषाका ६ अभियानकर्मी सम्मानित

धनुषा : जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ र विषयगत सहकारी संघको आयोजनामा जनकपुरमा ६७ औ‌ राष्ट्रिय सहकारी दिवसका कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ६ जना सहकारी अभियन्ता सम्मानित भएका छन् ।

कार्यक्रम जिल्ला सहकारी संघ, धनुषाका अध्यक्ष ध्रुवनारायण यादवको अध्यक्षता तथा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मधेस प्रदेश मन्त्री गोबिन्द न्योपानेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा सांसद राम अशिष यादव, जनकपुरधाम उपमहानगरपालिका जनकपुरधाम नगर प्रमुख मनोजकुमार साह, राष्ट्रिय सहकारी महासघका संचालक नथुनी यादव, शारदा दाहाल, जिल्ला उखु उत्पादक सहकारी सङ्घका अध्यक्ष जिवछ महतो, मधेस प्रदेश दुग्ध बिकास वोर्डका सदस्य दिपेन्द्र यादव, कार्यकारी प्रमुख शंकर साहलगायतले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा धनुषाका सहकारीकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला बचत  सहकारी सङ्घ धनुषाका सदस्य राजेन्द्र शाहले गरेका थिए ।

अभिलेख

लोकप्रिय