२२ बैशाख २०८१, शनिबार

असल अभ्यास सिकाई कार्यशालाबाट ७ बुँदे संकल्प पारित

२२ चैत्र २०८०, बिहीबार
असल अभ्यास सिकाई कार्यशालाबाट ७ बुँदे संकल्प पारित

सिन्धुली : जिल्ला सहकारी संघ, सिन्धुलीले आयोजना गरेको सहकारीको असल अभ्यास सिकाई कार्यशाला ७ बुँदे संकल्प पारित गर्दै सकिएको छ । ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी अभियानको सुदृढिकरणको लागि चैत १९ र २० गते दुई दिवसिय कार्यशाला संचालन गरेको थियो ।

जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइरालाको अध्यक्षता तथा जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख कारसाङ लामाले कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यशालामा विभिन्न ७ विषयमा नेपालका उत्कृष्ठ सहकारीका प्रमुख कार्यकारी अधिकृत तथा संचालक एवं उन्त्प्रेक व्यक्तित्वहरुले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा सिन्धुलीका ९ वटै स्थानिय तहका ३१२ सहकारी कर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा “सहकारीको छविमा विस्तारः अभियान र सरकार एकाकार” विषयमा प्रोस्कून उपाध्यक्ष कल्पना श्रेष्ठ, “अवको सहकारीको अवाश्यक्ता, एक सहकारी एक उत्पादनको व्यवस्था” विषयमा एन. एम. सि. झापाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, सहकारीको संस्कारित अभ्यास : स्वनियमन र शुसासनको विकास” विषयमा मेची सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद वगालेको सहजीकारण गरेका थिए ।

त्यसैगरी “सहकारीको सफलताका लागि स्वः उत्पे्ररणा र सकारात्मक उर्जा” विषयमा विश्व उत्पेरक शिक्षक रमण भट्टराई, “संहकारीको शुद्धिकरण : एकिकरण र वर्गिकरण” विषयमा जनसचेतन साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, “संहकारीमा विमा जोखिम न्यनिकरणको सिमा” विषयमा सन नेपाल लाइफ इन्सुरेन्सका रणनितिक प्रमुख दिव्येश झा, र “सहकारीको रुपान्तरणःअभियान र अभियन्तामा पुनरर्जागरण” विषयमा राष्ट्रिय सहकारी महाँसंघका संचार अधिकृत राम सुधन तिमल्सिनाले सहजीकारण गरेका थिए ।

दुईदिन सम्म संचालन भएको कार्यशालाले सिन्धुलीको सहकारी अभियानलाई सुधार्न सहकारीको ७ बुँदे प्रतिवद्धताको संकल्प संकल्प पारित गरेको छ ।

 

७ साझा संकल्प

१) सहकारीको छविमा विस्तार गर्नका लागि सम्वन्धीत पालिका सरकार संग सहकार्य गरि समस्याको पहिचान, वर्गिकरण र निरुपणका विधिहरु निर्माण गर्ने कार्यका लागि साझा संजालको अभियानमा जोडिन प्रतिवद्ध छौं ।

२) सहकारी संस्थाको सुदृढीकरणका लागि उदेश्य अनुरुप कार्य गर्ने, एक व्यक्ति एक सहकारीको संचालकमा मात्र रहने र सवै प्रकृतिका सहकारीले एक सहकारी एक व्यवसायकि उत्पादन मुलक कार्य गर्न प्रतिवद्ध छौं ।

३) न्युनतम दुई करोड भन्दा वढी वित्तीय तथा व्यवसायीक कारोवार गर्ने सहकारी संस्थाहरुले प्रविधिको प्रयोग गरि संस्था संचालन गर्न प्रतिवद्ध छौ ।

४) सहकारी तथा सदस्यको  जोखिमको न्यूनीकरणका लागि जोखिम स्थानान्तरणका गर्न उपयुक्त विधी र प्रकृयाको छनौट र उपयोगमा गर्न प्रतिवद्ध छौ।

५) सहकारी अभियानको एकै किसिमको सहकारी संस्कृतिको विकास गराउन लागि सहकारीमा सुशासन एवम् सहकारीमा स्वःनियमन कायम गर्न प्रतिवद्धता व्यक्त गर्दछौं ।

६) सहकारीको संख्यात्मक ५१७ लाई न्युनिकरण गरि गुणात्मक सहकारी २५८ कायम गर्न  कम्तिमा २ वटा सहकारी एक आपसमा एकिकृत भई १ गुणात्मकम सहकारी वन्न प्रतिवद्ध छौ ।

७) सहकारी अभियानको संस्कारित अभ्यासलाई आत्मसाथ गर्दै जिल्ला सहकारी संघले जारी गरेको सहकारी संंस्कार मार्गदर्शन २०८० लाई पालन गर्न पर्न प्रतिवद्ध छौ ।

सहकाकारी दिवसको अवसरमा १८ गते रक्तदान तथा २० गते अस्पतालका विरामारीहरुलाई फलफुल वितरण तथा साँझमा दिप प्रज्वलन सहित समापन गरिएको थियो ।

अभिलेख

लोकप्रिय