२२ बैशाख २०८१, शनिबार

सहकारी लोक दोहोरी प्रतियोगिता: श्री नवदुर्गा प्रथम र बुडोल सामुदायिक दोस्रो

२१ चैत्र २०८०, बुधबार
सहकारी लोक दोहोरी प्रतियोगिता: श्री नवदुर्गा प्रथम र बुडोल सामुदायिक दोस्रो

काभ्रे : ६७ औं राष्ट्रिय सहकारी दिवसमा जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलान्चोक जिल्ला स्तरिय लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको छ । मंगलबार सहकारीबीच लोक दोहोरी प्रतियोगितामा ३० सहकारीको सहभागिता रहको थियो ।

दोहोरी प्रतियोगितामा सहकारी सम्बन्धि सन्देशमुलक लोकदोहोरी गीत प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा श्री नवदुर्गा साकोसले प्रथम, बुडोल सामुदायिक साकोसले दोस्रो, अग्रसर पञ्चामृत बहुउद्देश्यीय सहकारीले र कल्याणकारी बहुउद्देश्यीय सहकारीले सान्त्वना स्थान हासिल गरेको जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलान्चोकका अध्यक्ष दिलिप शर्माले जानकारी दिए ।

प्रतियोगिताका प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार, तेस्रो हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

राष्ट्रिय लोक दोहोरी प्रतिस्ठान नेपालका केन्द्रिय उपाध्यक्षद्वय सुवास केसी र राधिका हमाल, राष्ट्रिय लोक दोहोरी प्रतिस्ठान नेपाल बागमती प्रदेशका अध्यक्ष बासु सिमखडा र वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा निर्णायक भूमिकामा थिए ।

अभिलेख

लोकप्रिय