२२ बैशाख २०८१, शनिबार

हरिवनमा पनि मनाईयो सहकारी दिवस

२० चैत्र २०८०, मंगलवार
हरिवनमा पनि मनाईयो सहकारी दिवस

सर्लाही : हरिवन नगर सहकारी सञ्जालको आयोजना र सहकारी संस्थाहरुको सहआयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरि ६७ औं राष्ट्रिय सहकारी दिवस मनाईएको छ। हरिवन नगरपालिकाको वडा नं. ११ को वडा अध्यक्ष शेष मेहवुब रेजाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता सञ्जालको संयोजक राम प्रसाद घिमिरेले गरेका थिए ।

ईलाका प्रशासन कार्यलयको प्रशासकिय अधिकृत राजकुमार थापाले सहकारी दिवसको अवसर पारेर राखेको यस्तो प्रतियोगिताले सहकारीहरुको शाख माथि उठेको बताए । कार्यक्रममा विभिन्न सहकारी संस्थाहरुको अध्यक्ष, पदाधिकारी र कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

सनराईज आवासिय मा.वि. को खेल मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सहकारीकर्मी र संचारकर्मी (पत्रकार) बीच भएको हो । सहकारी ११ को नेतृत्व समृद्धि साकोसका अध्यक्ष अर्जुन पन्त र पत्रकार ११ को नेतृत्व पत्रकार महासंघ सर्लाहीको अध्यक्ष टंक क्षेत्रीले गरेका थिए । ६० मिनेटको फुटबल प्रतियोगिता १–१ गोलको बराबरिमा सम्पन्न भएको थियो । सहकारीको तर्फबाट रवि थापा र पत्रकारको तर्फबाट रविन घिमिरेले गोल गरेका थिए ।

कार्यक्रममा सगुन साकोसको अध्यक्ष केशव प्रसाद ढकाल, समाजसेवी भरत कार्की, राजकुमार उप्रेती, बाबुराम घिमिरे, विनोद कार्की उपस्थिति रहेको कार्यक्रमको व्यवस्थापन सगुन साकोसको व्यवस्थापक तथा नेफस्कुन साकोस म्यानेजर क्लव मधेसको संयोजक रविन्द्र रानाले गरेका थिए ।

अभिलेख

लोकप्रिय