२२ बैशाख २०८१, शनिबार

गैंडाकोट ८ पूर्ण किसान साकोस सदस्य वडा घोषणा

२० चैत्र २०८०, मंगलवार
गैंडाकोट ८ पूर्ण किसान साकोस सदस्य वडा घोषणा

गैंडाकोट : ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा किसान बचत तथा ऋण सहकारी संस्थाले गैंडाकोट नगरपालिका वडा नं. ८ लाई ‘पूर्ण किसान सदस्य वडा’ घोषणा गरेको छ । संस्थाले केन्द्रीय कार्यालय रहेको वडालाई ‘पूर्ण किसान सदस्य वडा’ घोषणा गरेको हो ।

संस्थाले विजय आधारभुत विद्यालयमा एक भव्य कार्यक्रम आयोजना गरि पूर्ण किसान सदस्य वडा घोषणा गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष भोजराज पौडेलको अध्यक्षता तथा गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गैंडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला, नेफस्कून सञ्चालक समिति सदस्य गोपाल प्रसाद गौतमको विशिष्ट अतिथ्यता थियो भने विभिन्न वडाका वडाध्यक्ष, संघ संस्थाका प्रतिनिधी, वडाका जनप्रतिनीधी, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधी, सञ्चालक समिती, विभिन्न उपसमितिका पदाधिकारी, शेयर सदस्य र कर्मचारी सहितको उपस्थितीमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित सफल रूपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा उपस्थित अतिथीलाई स्वागत विजयनगर सेवा केन्द्र संयोजक एवं कार्यक्रम संयोजक डिलाराम सापकोटाले गरेका थिए । कार्यक्रमको औचित्यता तथा कार्यक्रमको बारेमा संस्थाका निर्वतमान अध्यक्ष श्रीहरि चालिसेले गरेका थिए । संस्थाले वडा नंं ८ अन्तर्गत ९६६ घरधुरी मध्ये ९४८ घरधुरीका सदस्यलाई संस्थामा आवद्ध गएको छ ।

२५ जना सदस्यबाट सुरु भएको किसान बचत हाल ८८ हजार सदस्य पुगेको छ । संस्थाको पँजी करिब ४ अर्ब पुगेको छ । संस्थाले ३ वटा प्रदेशका ४ जिल्लामा २६ वटा सेवाकेन्द्रबाट सेवा प्रवाह गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथी गैंडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारीले नगरको गौरवको रूपमा रहेको किसान साकोसले सदस्यहरुको जीविकोपार्जनका विभिन्न कार्यक्रम सम्पन्न गर्नु, सदस्यहरुको साथ र सहयोगमा रही विभिन्न कृयाकलाप गर्नु र सदस्यहरुलाई संस्था प्रति आत्मसन्तुष्ट पार्न सक्नु नै यो संस्थाको सवल पक्ष रहेको बताए ।

अभिलेख

लोकप्रिय