१८ बैशाख २०८१, मंगलवार

कृषि केन्द्रीय संघद्वारा ‘सहकारीदेखि सहकारीसम्म’ कार्यक्रम सञ्चालन गर्न परिपत्र

५ बैशाख २०८१, बुधबार
कृषि केन्द्रीय संघद्वारा ‘सहकारीदेखि सहकारीसम्म’ कार्यक्रम सञ्चालन गर्न परिपत्र

काठमाडौं : नेपाल कृषि सहकारी केन्द्रीय संघले सदस्यहरुलाई ‘सहकारीदेखि सहकारीसम्मको कार्यक्रम’ सञ्चालन गर्न परिपत्र गरेको छ ।

आफ्नो उत्पादनलाई एक अर्को सहकारीले लिने वा पुर्याउने कार्यलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन गर्न केन्द्रीय संघले सदस्यहरुलाई परिपत्र गरेको हो । केन्द्रीय संघले सबै प्रदेश संघ, जिल्ला कृषि संघ र साना किसान कृषि सहकारी संस्थालाई परिपत्र गरेको हो ।

साना किसान कृषि सहकारीहरुले कृषि र पशुको उत्पादन तथा उत्पादकत्वको बढाई सोको संकलन र प्रशोधनको काम गरिरहेको छ । संघले कृषि र पशुको उत्पादन तथा उत्पादकत्वको बढाई सोको संकलन र प्रशोधनको काम नगर्ने सहकारीहरुलाई यथाशीघ्र गर्न पनि अनुरोध गरेको छ ।

‘साना किसान र त्यसमा आवद्ध सदस्यहरुले उत्पादन गरेको वस्तुहरू हाम्रै सञ्जालको लागि पनि पुग्न सक्ने अवस्था छैन तर हामीले संयोजन गरी सहकारीको छैटौं सिद्धान्त अनुसार सहकारी–सहकारी बीच पारस्परिक सम्बन्ध विकास गर्न सकेमा हालको उत्पादनको ८ गुणा उत्पादन बढी भएपनि आफ्नै सञ्जाल भित्र खपत हुने देखिन्छ’, परिपत्रमा भनिएको छ, ‘त्यसैले सहकारीदेखि सहकारीसम्मको सी टु सी अवधारणा अनुसार सबै संघ/संस्थाहरूले आफ्नो उत्पादनलाई एक अर्को सहकारीले लिने वा पुर्याउने कार्यलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन गर्न हुन सबै सदस्यहरूमा अनुरोध गर्दछौं ।’

संघले सहकारी संस्थाहरुबाट उत्पादन भएको उत्पादीत वस्तु थोक खरिद गर्ने निकाय खोज्ने कार्य निरन्तर प्रयास भइरहेको पनि बताएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

अभिलेख

लोकप्रिय