२१ बैशाख २०८१, शुक्रबार

नयाँ वर्षदेखि उपत्यकामा प्लास्टिक झोला निषेध

२५ चैत्र २०७१, बुधबार
नयाँ वर्षदेखि उपत्यकामा प्लास्टिक झोला निषेध
काठमाडौं-उपत्यकामा प्लास्टिक झोला प्रतिवन्ध गर्ने तयारी भइरहँदा योविरुद्ध प्लास्टिक उत्पादकले सर्वोच्चमा मुद्दा हाले पनि अन्तरिम आदेश पाएनन्। सरकारले वैशाख १ देखि काठमाडौं उपत्यकामा यस्तो तयारी गरिरहेका बेला सर्वोच्चले मंगलबार बाटो खोलिदिएको हो।
style="text-align: justify;">
class="googlead300-content" style="text-align: justify;"> class="story-page-ad"> class="custom"> class="ad-nep">न्यायाधीश सुशीला कार्की र गोपाल पराजुलीको इजलासले मंगलबार यस्तो फैसला गरेको हो। नेपाल प्लास्टिक उत्पादक संघले चैत १७ गते अन्तरिम आदेशका लागि हालेको मुद्दाको सुनुवाइले सरकारी तयारीलाई सही ठहर्यािएकोे विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय प्रवक्ता महेन्द्रकुमार थापाले बताए। ‘हामीले झोला प्रविबन्धका लागि प्रचारप्रसार, माइकिङ र पम्प्लेट बाँड्ने काम गरिरहेका छौं,’ उनले भने, ‘सम्मानित अदालतले पनि बाटो दिएको छ। हामी तयारीसाथ यसलाई लागु गर्छौं।’
class="itemFullText" style="text-align: justify;">उनका अनुसार सरकारले २० इन्च चौडाइ एवं ३५ इन्च लम्बाइका र ४० माइक्रोन मोटाइका झोला आयात, भण्डार, बिक्रीवितरण र प्रयोग गर्न प्रतिबन्ध गरिएको छ। सरकारले चैत १८ गते नै राजपत्रमा सूचना प्रकाशित गरेर काठमाडौं उपत्यकामा वातावरण संरक्षण ऐन २०५३ अनुसार तयारी गरिरहेको छ। उपत्यकालाई स्वच्छ, सफा र प्रदूषणमुक्त बनाउनका लागि यस्तो अभियान थालिएको राजपत्रमा प्रकाशित छ।
‘प्लास्टिक उत्पादकले लगानी खेर गयो भनेर गुनासो गरिरहेका छन्, क्षतिपूर्ति मागिरहेका छन्,’ उनले भने, ‘तर हामीले प्लास्टिकजन्य अन्य सामग्री उत्पादनमा रोक लगाएका छैनौं। उहाँहरुलाई असर पर्दैन। यो त वातावरण प्रदूषणको सवाल छ।’
१ गतेदेखि प्रतिबन्धित काम गरेको पाइए ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने उनले जानकारी दिए। ‘सडकमा बोकेर हिँड्न पनि पाइँदैन, यदि भित्रभित्र यसको व्यापार भएको थाहा पाए सरकारले छापा मार्छ। गल्ती पत्ता लागे कारबाही हुन्छ,’ उनले भने, ‘यसलाई हामीले समाज सुधार अभियानका रुपमा पनि लिएका छौं।’
प्लास्टिक झोला प्रतिबन्धमा लागिरहेको हिमालयन क्लाइमेट इनिसिएटिभका अभियान प्रमुख प्रदिप खतिवडाले प्लास्टिक झोला विस्थापित गर्न ढिला भइसकेको बताए। ‘ढिलै भए पनि हामीले यसलाई लागु गर्न लागिरहेका छौं। यो खुसीको कुरा हो,’ उनले भने, ‘प्लास्टिक झोला प्रयोगै गर्न हुन्न भन्ने होइन। तर हाम्रो समाजमा सस्तोमा पाइने कम गुणस्तरका झोला जाथाभाबी फालिन्छन्। जसले गर्दा वातावरणलाई प्रत्यक्ष असर गरिरहेको छ।’
उनका अनुसार उपत्यकामा दैनिक ४७ लाख प्लास्टिक झोला प्रयोग भइरहेका छन्। जुन पुनः प्रयोग गर्न नमिल्ने उनको भनाइ छ। ‘हामीले ४० माइक्रोन मोटाइभन्दा बढीका झोला प्रयोग गरे पुनः प्रयोग पनि हुन्छन्,’ उनले भने, ‘कसैले जथाभावी पनि फाल्दैन। जसले वातावरणमा प्लास्टिक कमै रुपमा फालिन्छन्।’
त्यसैले यस्ता झोला आउनुअघि पनि सर्वसाधारणले गुजारा गरिरहेको भन्दै उनले अब पनि त्यस्ता उपाय खोज्नुपर्ने बताए। बिस्तारै काठमाडौंबाहिर पनि यस्तै नियम लागु गर्नुपर्ने उनले बताए। ‘सरकारले देशभरि नै ३० माइक्रोनभन्दा कमका प्लास्टिक झोला प्रयोग गर्न निषेध गरिसकेको छ,’ उनले भने। style="position:absolute; top:0; left:-9999px;">Download WordPress Themes Free style="position:absolute; top:0; left:-9999px;">Download Best WordPress Themes Free Download style="position:absolute; top:0; left:-9999px;">Premium WordPress Themes Download style="position:absolute; top:0; left:-9999px;">Download WordPress Themes style="position:absolute; top:0; left:-9999px;">download udemy paid course for free style="position:absolute; top:0; left:-9999px;">download lava firmware style="position:absolute; top:0; left:-9999px;">Download Best WordPress Themes Free Download style="position:absolute; top:0; left:-9999px;">free download udemy paid course class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>

अभिलेख

लोकप्रिय