१८ बैशाख २०८१, मंगलवार

सिको साकोसले सुरु गर्यो ‘मोबाइल बैंकिङ’ सेवा

२९ श्रावण २०७५, मंगलवार
सिको साकोसले सुरु गर्यो ‘मोबाइल बैंकिङ’ सेवा

39121905_1806760469377870_3557924755950534656_n

बर्दिया । ठाकुरबाबार नगरपालिका स्थित सिको बचत तथा ऋण सहकारी संस्थाले आज (मंगलबार)बाट ‘मोबाइल बैंकिङ’ सेवा सुरु गरेको छ ।

सदस्यहरूलाई प्रविधिमा आधारित सेवा पु¥याउने उद्देश्यले मोबाइल बैंकिङ सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष दामोदर अधिकारीले जानकारी दिए ।

मोबाइल बैंकिङ सेवामार्फत सदस्यहरूले खातामा रकम भुक्तानी तथा स्थानतरण, मोबाइल रिचार्ज, विद्युत् खानेपानीलगायतका बिल पेमेन्ट, ऋण भुक्तानी रिपोर्ट, डिस होम रिर्चाज, ल्याण्ड लाईन फोन विल भुक्तानी सेवा उपभोग गर्न पाउँछन् ।

त्यस्तै रकम जम्मा गरिएको तथा भुक्तानी गरिएको जानकारी, ऋणको किस्ता सम्बन्धी जानकारी र आवधिक बचतको अवधि सम्बन्धी जानकारी समेत पाउन सकिने अध्यक्ष अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ साउन २९ मंगलबार

अभिलेख

लोकप्रिय