१८ बैशाख २०८१, मंगलवार

सिको बचतको तीज कार्यक्रममा ५५ लाख बचत संकलन

२६ भाद्र २०७५, मंगलवार
सिको बचतको तीज कार्यक्रममा ५५ लाख बचत संकलन

Bachat
बर्दिया । बर्दिया स्थित सिको बचत तथा ऋण सहकारी संस्थाले तीजको अवसरको आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ५५ लाख ८८ हजार ७ सय रुपैयाँ बचत संकलन भएको छ । साथै एक सय ७१ जना नयाँ सदस्य पनि थपिएको छ ।
‘बचत गरे पहिला अघि बढ्नाल महिला’ भन्ने नाराका साथ ठाकुरबाबा नगरपालिकाका ३ वटा स्थानमा एकै दिन कार्यक्रमको आयोजना गरेको थियो । वकुवा, बर्गदा, भुरीगाउँमा भएको कार्यक्रमबाट बचत संकलन र नयाँ सदस्य थपिएको हो ।
सदस्यले तीज बचत खातामा आफुले सकेजती बचत गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

अभिलेख

लोकप्रिय